नामुरे जलविद्युत अध्ययनम सीमित

नामुरे जलविद्युत अध्ययनम सीमित

सन्धिखर्क : तीन दशकअघि जलविद्युत निकाल्ने योजनासहित अध्ययन गरिएको नौमुरे परियोजना कागजमै सीमित छ। झिमरुक र मादी नदीको संगम अर्घाखाँची र प्युठानको सिमानामा पर्ने नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको ३१ वर्ष भए पनि कुनै काम अघि बढ्न सकेको छैन।

तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना नौमुरे जलविद्युत परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना वेवारिसे बनेको छ। सरकारले यो योजनाको चर्चा र तयारी गरेको लामै समय भए पनि निर्माण प्रक्रियामा प्रवेश नगरेकाले थप गति लिन नसकेको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक भारत भ्रमण जाँदा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिएको थियो।

तत्कालीन पञ्चायत सरकारले नेपालकै सस्तो लगानीमा निर्माण गर्ने आयोजनाका रूपमा रहेको भन्दै २०४३ देखि २०४६ सालसम्म विज्ञ आएर भैगोलिक परीक्षण, पानीको परीक्षण तथा सर्वेक्षणसमेत गरेको थियो। अहिले पनि पानीको बहाव र अन्य अध्ययन गर्न एक कर्मचारी अहिले पनि छन्।

बहुदल आएपछि आयोजनाको काम रोकिएको स्थानीय बताउँछन्। २४५ मेगावाट विद्युत उत्पादन हुने क्षेत्रमा नै बिजुली नभएपछि त्यहाँका बासिन्दा अहिले पनि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय रुकबहादुर आलेले बताए। ‘यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य छन्, शिक्षा र स्वास्थ्यको कमी भएको विकट क्षेत्र जलुकेमा उक्त आयोजना सञ्चालन गर्न सबै लाग्नुपर्ने देखिन्छ’, उनले भने। सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरेलाई घोषणा गरे पनि अझैसम्म कुनै काम अघि बढेको छैन।

नेताहरूले चुनावी समयमा नौमुरे जलविद्युत् परियोजना सञ्चालन गरी जिल्लाभर विद्युत् विस्तार गर्ने आशा जनतालाई दिएर परियोजनालाई नेताहरूले राजनीति गर्ने थलो बनाउ“दै आएका छन्। सरकारले नीति तथा कार्यक्रममै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरेलाई घोषणा गरे पनि अझैसम्म कुनै काम अघि बढेको छैन। अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री र प्युठानबाट वामदेव गौतम गृहमन्त्री हुँदासमेत नौमुरेले गति नलिएकाले यो क्षेत्र विकासमा पछि परेको स्थानीयको भनाइ छ।

आयोजनाबाट विद्युत् उत्पादन पनि गर्ने साथै दाङ र कपिलवस्तु हुँदै विहारसम्म सिँचाइ सुविधा उपलब्ध गराउने योजना रहेको छ। २०७१ साउनमा सरकारले सो आयोजना आफैं बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो। विद्युत् प्राधिकरणले नौमुरे आयोजनाको गत आर्थिक वर्षमै विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार पार्ने भने पनि यो कामसमेत हुन सकेको छैन।

३२ वर्षअघि सर्भे थालेर बीचमै रोकिएको यो जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले पनि नेपालकै नमुना जलविद्युत् परियोजनाअन्तर्गत पर्दछ। नदीको बहाव सुख्खायाम र वर्षायाममा पनि एउटै परिणाममा हुने भएकाले विद्युत् निकाल्न झन्झटिलो नभएको विज्ञहरूको सुझाव छ। राष्ट्रिय गौरव र बहुउद्देश्यीय आयोजना भएकाले सरकार र निजी क्षेत्रको लगानीमा यसलाई पूर्णता दिने गरी काम गर्नुपर्ने स्थानीयको सुझाव छ। शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले नौमुरे आयोजना शितगंगाले सञ्चालन गर्न नसक्ने तर सरकारसँग सञ्चालनका लागि आग्रह गरिरहेको बताए।

शितगंगा ८ जलुकेमा पर्ने सो परियोजनाबाट सुख्खायाम वा वर्षायाम जुनसुकै मौसममा पनि एउटै परिणामको विद्युत् उत्पादन हुन सक्ने नेपालको पहिलो जलविद्युत् परियोजना हुने विज्ञहरूको भनाइ छ। राष्ट्रिय योजनाअन्तर्गत पर्ने परियोजना सञ्चालनमा ल्याउन धेरै प्रयास भइरहे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। नौमुरे परियोजना सरकारले सञ्चालनमा ल्याएमा अर्घाखाँची, प्यूठान, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङलगायत जिल्लाका जनता लाभान्वित हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.