दुई तिहाइको सरकारलाई घमण्ड अशोभनीय : नेपाल

दुई तिहाइको सरकारलाई घमण्ड अशोभनीय : नेपाल

रौतहट : पूर्व प्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपालले दुई तिहाइको सरकारले घमण्ड गर्नु शोभनीय नहुने टिप्पणी गरेका छन्।

रौतहटको गौरमा मंगलबार महिला साइकल दौड प्रतियोगितामा पुरस्कार वितरण गर्दै नेता नेपालले सरकार घमण्डले ग्रसित हुन जरुरी नभएको बताए।

'विनम्रताले जनताको मन जित्न सकिन्छ। जति घमण्ड बढ्दै जान्छ त्यति नै जनतासँग दूरी बढ्दै जान्छ', नेपालले भने। सरकारले एक वर्षमा नयाँ काम गर्न कोसिस गरेको उनको धारणा छ।

तराई मधेस हुलाकी राजमार्ग, पूर्व पश्चिम रेल, विद्युत उत्पादन तथा पर्यटन प्रबर्द्धन, सामाजिक सुरक्षा कार्यक्रम, तराई मधेस सम्बृद्धि कार्यक्रम लगायतका योजना सरकारको नयाँ कामको कोसिस भएको उनको दावी छ। 'कमजोरीहरू छन्, सुधार गर्दै जानुपर्छ', नेपालले भने।

प्रदेश सरकार परिवर्तनको संकेत गर्दै नेता नेपालले संघमा नेकपाको सरकार रहेको र त्यसमा फोरम सहभागी रहेको बताउँदै प्रदेश २ मा पनि ३२ सिटसहित नेकपा पहिलो र फोरम दोश्रो स्थानमा रहेकाले प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुन सक्ने धारणा उनले राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.