आर्थिक अभावले उपचारमा समस्या

आर्थिक अभावले उपचारमा समस्या

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीकी तारा विक छोराको उपचार गराउने रकम नपाउँदा समस्यामा परेकी छिन्। उनले १२ वर्षीय छोरा वीरेन्द्र विकको उपचारका लागि १ लाख ५० हजार रुपैयाँ जुटाउन नसक्दा सबैसामु गुहार मागेकी छन्।

केही महिनादेखि बिरामी भएका वीरेन्द्रको फोक्सोमा पानी जमेको र रगतमा कीटाणु भेटिएको चिकित्सकले बताएका छन्। वीरेन्द्रको उपचार चौरजहारीमा गर्न नसकिने र उपचारका लागि नेपालगन्ज या काठमाडौं लैजान डेढ लाखसम्म खर्च लाग्ने चिकित्सकको भनाइ छ। गरिबीका कारण छोराको उपचारका लागि उनले सबैसँग सहयोगको याचना गरेकी छन् ।

ताराका पति दीपक नेपाली अर्की श्रीमती लिएर भागेपछि उनलाई छोराको उपचारमा समस्या परेको हो। बिरामीसहित चार छोराको लालनपालनको जिम्मा पनि उनकै काँधमा छ।पतिले छाडेदेखि मजदुरी गरेर दिदीको झुपडीमा शरण लिई बसेको उनले बताइन् ।

त्रिभुवन माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत वीरेन्द्र फोक्सोको समस्याका कारण हिँडडुल पनि गर्न नसक्ने अवस्थामा पुगेका छन्। बिरामीकै कारण उनी लामो समयदेखि विद्यालय जान सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.