टेलिकमलाई थप फ्रिक्वेन्सी

टेलिकमलाई थप फ्रिक्वेन्सी

काठमाडौं : सरकारले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति संशोधन गरेर नेपाल टेलिकमलाई थप फ्रिक्वेन्सी उपलब्ध गराएको छ। नेपाल दूरसञ्चार प्राधिकरण बोर्ड बैंठकले सोमबार टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो।

यसअघि माघ २९ गते रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैंठकले टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी छुट्याएको थियो। सञ्चारमन्त्रीको अध्यक्षता रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा सञ्चार, रक्षा, गृह, पर्यटन मन्त्रालयका सचिव, दूरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्य रहने प्रावधान छ ।

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई छुट्याएको फ्रिक्वेन्सी प्राधिकरण बोर्डले टेलिकमलाई सोमाबार उपलब्ध गराउने निर्णय गरेको हो। ‘टेलिकमले ग्रामीण क्षेत्रमा फोजी विस्तारका ८ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी आवश्यक भएको भन्दै केही समय अघि प्राधिकरणमा निवेदन दिएको थियो’, प्राधिकरणका कार्यकारी निर्देशक पुरुषोतम खनालले भने, ‘सोही आधारमा समितिले टेलिकमलाई छुट्याएको १० मेगाहर्ज फ्रिक्वेन्सी बोर्डले टेलिकमलाई उपलब्ध गराएको हो।’ प्रविधि तथस्टमा आधारित भएर फोरजी एलटीई सेवा सञ्चालन गर्ने प्रयोजनका लागि ८ सय मेगाहर्ज ब्यान्ड उपलब्ध गराएएको भनी प्राधिकरणले मंगलबारै टेलिकलाई पत्रमार्फत जानकारी गराएको छ।

खनालका अनुसार दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति संशोधन गरेर नेपाल टेलिकमलाई फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भएको हो। सरकाले यसअघि २०७३ मा नीति संशोधन गरी टेलिकमलाई सात सय र २६ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी बिना प्रतिसपर्धा उपलब्ध गराउने उल्लेख थियो। नीतिमा बढाबढका लागि छुट्याइएका प्याकेजमध्ये सात सय मेगाहर्ज र २६ सय मेगाहर्ज ब्यान्डको एक, एकवटा प्याकेज बढाबढबाट तय भएको मूल्यमा बिना बढाबढ नेपाल दूरसञ्चार कम्पनीलाई उपलब्ध गराइने उल्लेख छ। ‘उक्त नियम अब ८ सय मेगाहर्ज ब्यान्डमा लागू गरिएको हो’, खनालले भने, ‘तर, पहिलो यही सुविधा पाउँदै आएको सात सय मेगाहर्जमा भने टेलिकमलाई अब रोक लगाइएको छ।’ पहिले सात सय मेगाहर्ज ब्यान्डमा रहेको सुविधा बन्द गरेर ८ सयमा उक्त सुविधा उपलब्ध गराएको खनाल बताउँछन्।

नेपाल दूरसञ्चार प्राधिकरण बोर्ड बैंठकले सोमबार टेलिकमलाई ८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो।

खनालका अनुसार टेलिकमलाई एक करोड ३५ लाख रुपैयाँ प्रतिमेगाहर्जका हिसाबले फ्रिक्वेन्सी उपलब्ध गराइएको छ। ‘यो ८ सय मेगाहर्ज फ्रिक्वेन्सीको आधार मूल्य हो’, खनालले भने, ‘पछि बढाबढ हुँदा त्यसमा तोकिएकोे मूल्यका आधारमा टेलिकमले सुरु देखिकै सम्पूर्ण मूल्य तिर्नुपर्ने छ।’ यससँगै टेलिकमसँग ८ सय मेगाहर्ज ब्यान्डमा १६ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध भएको छ। टेलिकमले यसअघि सीडीएमए सेवा विस्तारका लागि ६ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्दै आएको छ। तर, सरकाले अहिले प्रयोगमा भएको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता गर्नुपर्ने सर्तमा यो उपलब्ध गराएको खनालले बताएका छन्। खनालका अनुसार टेलिकमको सीडीएमए मोबाइल सेवा बन्द हुने अवस्थामा छ।

टेलिकमले थ्रीजी र फोरजी सेवा देशभर विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्छ। सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको भएको ८ सय मेगाहर्ज ब्याण्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी र्फितालिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको हो। यसअघि उपलब्ध गराएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी सीडीएमएको लागी मात्रै दिएकाले त्यो सेवा बन्द भएसँगै टेकिमले त्यसलाई प्रयोगमा ल्याउन नसक्ने भएकाले फिर्ता गर्नुपर्ने खनाल बताउँछन्। थप भएको १० मेगाहर्ज फ्रिक्वेन्सी भने टेलिकमले फोरजी विस्तारमा प्रयोग गर्ने जनाएको छ। टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालजस्तो भौगोलिक अवस्था भएको देशमा फोजी विस्तार गर्न सानो मेगाहर्जको ब्यान्ड बढी प्रभावकारी हुने भएकाले ८ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी मागिएको बताए। ‘फ्रिक्वेन्सी ब्यान्ड जति कम भयो उति ठूलो क्षेत्रमा सेवा पु‍र्‍याउन सकिने भएकाले हिमाली र पहाडी क्षेत्रमा यो ब्यान्ड बढी प्रभावकारी हुन्छ’, उनले भने, ‘सहरी क्षेत्रमा घना बस्ती र धेरै उपभोक्ता हुने भएकाले १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी उपयुक्त हुन्छ। हिमाली र पहाडी क्षेत्रमा उपभोक्ता छरिएर रहने भएकाले कम ब्यान्डका फ्रिक्वेन्सी उपयुक्त हुने अधिकारी बताउँछन्।

अधिकारीका अनुसार टेलिकमले अहिले १८ सय मेगाहर्ज ब्यान्डबाट काठमाडौं उपत्यका र पोखरामा फोजी सेवा सञ्चालन गरिरहेको छ । १८ सय मेगाहर्ज ब्यान्डमा टेलिकमसँग १५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध छ। त्यसमध्य फोजीका लागि ५ मेगाहर्ज फ्रिक्वेन्सी मात्रै उपयोग भइरहेको छ । बाँकी रहेको १० मेगाहर्ज फ्रिक्वेन्सी टूजी सेवाका लागि प्रयोग भइरहेको अधिकारीले बताए। देशैभर फोजी विस्तारका लागि माघ दुई गते चिनियाँ कम्पनी जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस कर्पोरेसन लिमिटेड (सीसीएसआई) सँगसम्झौता गरेको छ । सम्झौता भएसँगै फोरजी विस्तारको कामपनि सुरु भएको अधिकारीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.