भ्रष्टाचारको त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ : प्रधानमन्त्री

भ्रष्टाचारको त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ : प्रधानमन्त्री

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आडमा हुने कुनै पनि हिंसा सैह्य नहुने बताएका छन्। सुदूरपश्चिम प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजनीतिक आवरणमा हुने हिंसा सरकारले सहेर नबस्ने बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक आन्दोलन सकिएकोले हिंसात्मक गतिविधि गर्नेलाई नछोड्ने चेतावनी दिए। अरुण जलविद्युत आयोजनामा भएको  आक्रमणको उनले निन्दा गरे।

‘राजनीतिक आडमा चन्दा, डर, धम्की अब चल्दैन’, प्रधानमन्त्रीले भने, ‘सरकार त्यस्तालाई पनि छोड्दैन।‘

नेपालमा जातीयता भड्काएर जनतालाई एकआपसमा लडाएर अस्थिरता उत्पन्न गर्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्रीले बताए। ‘जातीयताका नाममा, धर्मका नाममा र हिन्दुत्वका नाममा देशमा प्रतिगमनकारी सल्बलाइरहेका छन्, अस्थिरता मच्चाउने अनि आफैं त्यसको समाधान गर्छु भन्नेहरूलाई पनि चिन्न जरुरी छ’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले यो वर्ष संघीयताको आधार वर्ष भएकाले जनप्रतिनिधिले इमान्दार भएर काम गरे अर्को वर्ष जनताले अनुभूत हुने खालको विकास हुने बताए। उनले सुदूरपश्चिम सम्भावनाका खानी भएकाले यो प्रदेश अरु भन्दा छिटो विकसित हुने बताए।

प्रदेशसभा संसदमा २ घण्टा ३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले निर्मलाका हत्यारा सरकारले पत्ता लगाउने बताए। आफूले गरेका कामको फेहरिस्त सुनाउँदै प्रम ओलीले सांसदहरूलाई अर्को वर्ष आफूजस्तै विकास निर्माणका फेहरिस्त बोकेर आउन आग्रह गरे।

‘भ्रष्टाचार नियन्त्रणमा लाग्नुस्’

ओलीले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोडिने बताए। ‘त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’ ओलीले प्रदेश संसदलाई सम्बोधन गर्दै भने।

‘तपाईँहरु पनि भ्रष्टाचार नियन्त्रणमा लाग्नुस्’, उनले अख्तियारका आयुक्तले राजीनामा दिएपनि कारवाही हुने बताए। हालै अख्तियारका एक आयुक्त राजनारायण पाठकले घुस लिएको सार्वजनिक भएको थियो। 

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरूले इमान्दार भएर काम गरे अर्को वर्ष जनताले अनुभूत हुने खालको विकास पाउने बताए। नेपालको संघीयता अरु देशको भन्दा भिन्दै रहको बताउँदै उनले संघीयता र लोकतन्त्रको जग बसालेको दाबी गरे।

प्रदेशसभा संसदमा २ घण्टा ३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले अबको एक वर्षमा जनताले अनुभूति हुने खालका काम हुने दाबी गरे। सुदूरपश्चिम सम्भावनको खानी भएकाले यसको विकासमा प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि नै लाग्नुपर्ने उनको भनाई थियो।

कार्यकर्ता भेला

नेकपाको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका छन्। कार्यकर्ता माझ ओलीले दुई पार्टीको एकता धेरैलाई मन नपरिरहेको बताए। उनले भने, ‘अब पार्टी एकतामा विलम्ब हुदैन।’

कार्यकर्ता भेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुदूरप्रदेश ईञ्चार्ज भीम रावल र अर्का नेता लेखराज भट्टले सम्बोधन गरेका थिए।

नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिमका कार्यकर्ता सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.