डीपीएलमा ‘सेलिब्रेटी’

डीपीएलमा ‘सेलिब्रेटी’

धनगढीमा जारी धनगढी प्रिमियर लिग डीपीएलमा हरेक दिन नयाँनयाँ सेलिब्रेटीको आगमन भइरहेको छ। उद्घाटन खेलमा डीपीएलका सद्भावना दूत तथा दक्षिण अफ्रिकाका पूर्वखेलाडी जोन्टी रोड्स आकर्षणका केन्द्र रहे। जोन्टीलाई फिल्डिङका बादशाह पनि भनिन्छ। उडेर क्याच गर्ने उनको कलाले उनी विश्वमा प्रख्यात छन्।

‘धनगढीमा क्रिकेटको क्रेज देखेर धेरै खुसी लागेको छ’, जोन्टीले भने। ‘तर यहाँ क्रिकेटका पूर्वाधार छैन। तर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आवागमनले रमाइलो भइरहेको छ।’ जोन्टी हरेक दिन डीपीएल खेल हेर्न मैदानमा आउने गरेका छन्। ‘धनगढीका क्रिकेट फ्यानहरूसँग रमाइरहेको छु, डीपीएल नेपालको क्रिकेटका लागि एक कोसेढुंगा हो’, उनले भने।

जोन्टी डीपीएलका सद्भाव दूत् हुन्। उनीबाहेक पनि अन्य धेरै ‘सेलिब्रेटी’ को आवागमनले डीपीएलको क्रेज अझ बढेको छ। प्रतियोगिताको उद्घाटन खेल हेर्न नायिका ऋचा शर्मा होम टाउन धनगढी पुगिन्। डीपीएल खेल हेर्न मह जोडी पनि धनगढी पुगे। 

जस्मिन पेन्टका सद्भावना दूत रहेका मह जोडी डीपीएलका अर्का ठूला आकर्षण रहे। ‘हाम्रो पालामा मोजाको बल खेलिन्थ्यो। अहिले त हातै भाँचिएला जस्तो कडा बल हुने रहेछ’, एपीवानको कमेन्ट्री बक्समा आएका मदनकृष्ण श्रेष्ठले भने।

उनले आफूलाई क्रिकेटका नियमका बारेमा धेरै थाहा नभए पनि सामान्य नियम भने थाहा रहेको बताए। ‘गुडेर गयो भने चौका, उडेर गयो भने छक्का हैन त’ एपीवान कमेन्ट्री बक्समा उनले भने, ‘अरू प्राविधिक कुरा थाहा नभए पनि, नेपालमा क्रिकेटले अहिले देशको नाम विश्वसामु चिनाएको छ।’ मदनकृष्णलाई क्रिकेट मनपर्छ। उनले नेपालको क्रिकेट आएको बेला टीभीमा हेर्ने बताए।

हरिवंश आचार्य भने मदनकृष्ण श्रेष्ठभन्दा धेरै नै क्रिकेट बुझ्छन्। ‘धेरै नियमहरू थाहा छ, हेर्छु पनि’, उनले भने, ‘नेपालको खेल आउँछ तब हेर्ने गर्छु।’ हरिवंशले पनि सन्दीप लामिछानेको खेल र पारस खड्काको कप्तानीको तारिफ गरे।

‘पारस खड्का राम्रो कप्तान हुन्, उनको नेतृत्वमा नेपालले क्रिकेटमा राम्रो गरेको छ, सानै उमेरमा सन्दीपको छलाङले त देशको चर्चामा आएको छ’, उनले भने। डीपीएल खेल हेर्ने सेलिब्रेटीमा दोहोरी गायक बद्री पंगेनी पनि रहे। उनले भने, ‘लोकगीत जस्तै क्रिकेट पनि अहिले नेपालको नाम चर्चामा ल्याउने विधा भइसकेको छ।’

नेपाली चलचित्रमा खलनायकका रुपमा चर्चा कमाएका अभिनेता खलनायक सुनील थापा डीपीएलको मैदानमा निरन्तर उपस्थित भइरहेका छन्। ‘कस्तो रमाइलो भइरहेको रहेछ’, धनगढीको फाप्ला क्रिकेट मैदानमा उनले भने। ‘यो सन्दर ठाउँमा त अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनुपर्छ।’ डीपीएलमा नायिका सहाना वज्राचार्य सुरुदेखि नै एपीवान होस्टको भूमिकामा छिन् भने हास्यकलाकार सन्दीप क्षेत्री पनि डीपीएल हेरेर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.