नेपाली महिलालाई बलात्कार गर्ने भारतीयलाई पाँच वर्ष कैद

नेपाली महिलालाई बलात्कार गर्ने भारतीयलाई पाँच वर्ष कैद

राजविराज : दशगजा सीमाक्षेत्र नजिकै घर भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले एक भारतीय नागरिकलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

४५ वर्षीय बरतलाल पोद्दारले नेपाली महिलालाई ‘ब्ल्याकमेलिङ’ गर्दै बलात्कार गरेको कसुरमा अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको हो । जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले भारत बिहारस्थित मधुबनी राज्य धर्मपुर–५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई बिहीबार पाँच वर्षको कैद सजाय सुनाएको हो ।

घटनास्थलबाट गाउँलेहरुले नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको र पीडित तथा तत्काल घटनास्थलमा उपस्थित व्यक्तिहरुले गरेको बयानलगायत आधारमा आरोपितले बलात्कार गरेको पुष्टि भएकोले कैद सजायको फैसला गरिएको न्यायाधीश सञ्जेलले बताए ।

पीडितले गुहार मागेपछि जम्मा भएका गाउँलेहरूले आरोपितलाई २०७४ कात्तिक १५ गते राति नियन्त्रणमा लिई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए । पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीका अनुसार गाऊँलेहरुको कुटाईबाट घाइते भएका आरोपितको सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार समेत भएको थियो ।

१० वर्षअघि श्रीमानको मृत्यु भएपछि दुई छोराको पालनपालन गर्दैआएकी ती महिलाको एक छोरा वैदेशिक रोजगारमा छन् । दशगजा सीमा नजिकै घर भएकाले अभियुक्तले डर, त्रास देखाई बलात्कार गरेको र गुहार मागेपछि जम्मा भएका गाउँलेले उनलाई नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएको पीडितले बताइन् । जिल्ला अदालतको आदेशमा अभियुक्त पुर्पक्षका लागि २०७४ मंसिर १३ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.