फागुनभित्र बक्यौता नतिर्ने दुरसञ्चार कम्पनी खारेज गर्ने तयारी

फागुनभित्र बक्यौता नतिर्ने दुरसञ्चार कम्पनी खारेज गर्ने तयारी

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अर्थ समितिको निर्देशन पालना गर्दै बक्यौता रकम नतिर्ने दूरसञ्चार कम्पनीहरु खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले सरकार र प्राधिकरणलाई तिर्न बाँकी रकम नतिर्ने कम्पनीहरुलाई फागुनभित्र रकम तिर्न मौका दिँदै सो नतिरेमा खारेजको प्रकृयामा लैजाने निर्णय गरेको हो ।

प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकले अर्थ समितिको निर्देशनअनुसार फागुन मसान्तसम्ममा बाँकी बक्यौता तिर्न दूरसञ्चार कम्पनीहरुलाई निर्देशन दिने र सो अवधिपछि पनि नतिर्ने कम्पनीहरुलाई खारेजको प्रकृयामा लैजाने निर्णय गरेको नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्त खनालले जानकारी दिए ।

अर्थ समितिले माघ २९ गते प्राधिकरणलाई पत्र पठाउँदै १ महिनाभित्र बाँकी बक्यौता उठाउन निर्देशन दिएकोमा सोहि निर्देशनअनुसार प्राधिकरणले निर्णय गरेको स्रोतले बतायो । यसअघि दूरसञ्चार कम्पनीहको बाँकी बक्यौता रकम बारे संघिय संसदको अर्थ समितिले प्राधिकरणसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर छलफल गरेको थियो । सो छलफलपछि समितिले एक महिनाभित्र राजस्व रकम नबुझाउने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई खारेज गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले दिएको निर्देशन अनुसार पनि फागुन मसान्तसम्म बाँकी बक्यौता नबुझाउने कम्पनीहरुलाई प्राधिकरणले सिधै खारेजको प्रकृयामा लाने तयारी समेत गरेको छ । हाल यूनाईटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमले ठूलो रकम सरकार र प्राधिकरणलाई तिरेका छैनन् ।

 यी लगायतका कम्पनीहरुले सरकार र प्राधिकरणलाई करिब ३ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । पटक–पटक ताकेता गर्दा पनि उनीहरुले नतिरेको प्राधिकरणको भनाइ छ ।

यो निर्णय कार्यान्वयनको लागि प्राधिकरणले आइतबार नै कम्पनीहरुलाई निर्देशनसहितको पत्र पठाएर सो बारेमा जानकारी दिने तयारी गरेको कार्यबाहक अध्यक्ष खनालले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.