राजविराजमा प्रदेशस्तरीय क्रिकेट, धनुषा र पर्साको विजयी सुरुवात

राजविराजमा प्रदेशस्तरीय क्रिकेट, धनुषा र पर्साको विजयी सुरुवात

राजविराज : राजविराजमा शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा धनुषा र पर्साले विजयी सुरुवात गरेका छन् ।

उद्घाटन खेलमा धनुषाले बारालाई ४ विकेटले र पर्साले महोत्तरीलाई १३ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । प्रतियोगिता संयोजक रबी रायका अनुसार उद्घाटन खेलका म्यान अफ दि म्याच धनुषाका विशाल सुशलिंगले कसिलो बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिएपछि बारा १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाइ १ सय १३ रनमा समेटिएको थियो । सुशलिंगले ४ ओभरमा ४ विकेट लिँदा ११ रन मात्र खर्चे ।

बाराका रवीकुमार साहले ५२ बलमा ५ चौकाको मद्दतले आर्कषक ५० तथा तिर्थराज दासले २१ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । धनुषाका हरिशंकर साहले २६, कुनैन साहले २४, आयुष ठाकुरले २०, अन्सरुल रैनले १० तथा परशुराम यादवले नटआउट हुँदै १५ रनको योगदान दिएपछि ६ विकेटको नोक्सानीमा १५ ओभर एक बलमा सहजै लक्ष्य भेटायो ।

पहिलो दिनको दोस्रो खेलमा महोत्तरीका राहुलप्रताप सिंहले नट आउट रही ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । महोत्तरीले ५ बिकेटको नोक्सानीमा १ सय ३२ रन मात्र जोड्न सकेपछि १३ रनले पराजिय भोग्नु पर्‍याे ।

त्यसअघि पर्साले निर्धारित २० ओभरको खेलमा ५ विकेटको नोक्सानीमा १ सय ४५ रनको योगफल बनाएको थियो । जसमा म्यान अफ दि म्याच बनेका कञ्चनजंग कार्कीले ४४ र हासिम अंसारीले ४० रन बटुल्दै पहिलो विकेटका लागि ८५ रन जोडे ।

अन्य ब्याट्सम्यानमा सुरज कुर्मीले नटआउट रही १८ तथा सोनु अंसारीले १५ रनको योगदान दिए । बलिंङतर्फ महोत्तरीका बादलकुमार गुप्ताले २ तथा रितेश सिंह र राहुलप्रताप सिंहले समान १ विकेट लिए ।

आठाैं राष्ट्रिय खेलकुद २०७५ मा २ नम्बर प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको शनिबार एक समारोहका बीच मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले उद्घाटन गरे ।

मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता एक सातासम्म सञ्चालन चल्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.