सवारीसाधन लिलाममा गडबडी, कर्मचारी र तस्करबीच मिलेमतो !

सवारीसाधन लिलाममा गडबडी, कर्मचारी र तस्करबीच मिलेमतो !

धनगढी : कैलाली भन्सार कार्यालयले १०८ थान जीप, कार र मोटरसाइकलमध्ये कारको मात्रै उत्पादन वर्ष घटाएर लिलाम गरेको खुलेको छ । बोलपत्रदाताले भारतबाट चोरीका नयाँ

गाडी ल्याएर उत्पादन वर्ष अनुसार पास गराउने प्रपञ्च गरेको भन्दै उजुरी हालेका छन ।
कैलाली भन्सार कार्यालयले माघ २८ गते १०८ वटा सवारी साधनको लिलाम बढाबढको २१ दिने बोलपत्र सूचना प्रकाशित गरेको थियो । तीमध्ये बोलेरो जीपसहित चारवटा कार पनि

बोलपत्रमा समावेश थिए । ‘तर कार सबैको उत्पादन वर्ष घटाइएको छ, यसमा भन्सार, यातायात र गाडी तस्करहरुको मिलेमतो हुनसक्छ’ बोलपत्र हाल्ने तयारी गरेका धनगढीका छत्रबहादुर शाहीले भने । 

उनले बोलपत्रमा उल्लेखित होन्डा सिटी कारका लागि बोलपत्र तयार पारेपनि पछि उत्पादन वर्ष घटाइएको देखेर टेन्डर नहालेको बताए । शाहीले त्यो सूचना नै रद्द गर्न भन्दै उजुरी हालेका छन । ‘होन्डा सिटी कारमा उत्पादन वर्ष २००७ छ, तर बोलपत्रमा त्यसको उत्पादन वर्ष (अथवा मोडेल नम्बर) २०१४ बनाइएको छ’, उनले भने, ‘भन्सारले १० वर्ष पुरानो मोडेलका गाडी लिलाममै चढाउन मिल्दैन ।’ 

उनले भारतमा सस्तोमा अर्को कार किनेर नेपालमा भन्सारबाट लिलामी देखाइ यातायातबाट पास गराउने चलखेल भएको आरोप लगाए । ‘भारतमा २०१४ मोडेलको होन्डा सिटी कार अहिले ३-४ लाख नेपालीमा पाइन्छ’, उनले भने, ‘बोलपत्रको भन्दा त्यो ७ वर्ष पछि उत्पादन भएको मोडेल भएपछि लिलामी गर्नेलाई पनि फाइदा हुने देखिन्छ ।’

कैलाली भन्सार कार्यालयले होन्डा सिटी कारको मात्रै होइन, त्यही सूचनामा लिलामीमा चढाएका मारुती सुजुकी कारको पनि २००६ सालको उत्पादन मोडेललाई २०१२ बनाइएको छ । 
यस्तै अर्को सेन्ट्रो कारको उत्पादन वर्ष २००८ रहेकोमा, बोलपत्रमा २०११ प्रकाशित भएको छ भने हुन्डाईको इयोन मोडेलको कार पनि धेरै वर्ष पुरानो देखिए पनि त्यसको उत्पादन वर्ष २०१० प्रकाशित गरिएको छ ।

चारवटा कारको वास्तवीक उत्पादन वर्ष राख्ने हो भने ती चारवटै गाडी लिलामी गर्न मिल्दैन । भन्सार ऐनमा सवारी साधनको उत्पादन वर्षको १० वर्षपछि लिलामीमै चढाउन नमिल्ने प्रावधान छ । 

भन्सार कार्यालयले धेरैअघि पक्राउ परेका भारतीय चोरीका गाडी समयमा लिलाम नगरेका कारण अहिले चारवटै कारको १० वर्षको उत्पादन वर्ष गुज्रिएको छ । ‘समयमा लिलामी नगरेर ‘स्क्रयाब’ अथवा कवाडमा गएपछि विभागले प्रश्न गर्ने भएकाले पनि उत्पादन वर्ष बढाएको हुनसक्ने भन्सारकै एकजना कर्मचारीले बताए ।

प्रकाशित सूचनामा २००७ सालको उत्पादन होन्डा सिटी कारको ७ लाख न्युनतम् मुल्य राखिएपनि त्यसमा चारजनाले बोलपत्र हालेका छन् । सबैभन्दा बढी १३ लाखसम्म बोलपत्र परेको कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख कुमार गौतमले बताए । 

चारपैया सवारीमा महिन्द्रा बोलेरो जीपको मात्रै उत्पादन वर्ष सही राखिएको छ । त्यसको उत्पादन वर्ष २०१३ रहेकोमा, बोलपत्रमा पनि त्यही प्रकाशित भएको छ । बोलेरो जिपका लागि ६ जनाले बोलपत्र हालेकोमा १३ लाख ५० हजार अधिकतम मुल्य परेको छ ।

मारुती सुजुकीको ५ जनाले बोलपत्र हालेका छन् भने त्यसको तीन लाख ५० हजार रकम अधिकतम मुल्य परेको छ । यस्तै सेन्ट्रो कारका लागि १२ जनाको बोलपत्र परेको छ ।  त्यसमा ५ लाख ५५ हजार पाँच सय ५५ रुपैया अधिकतम मुल्य परेको छ । हुन्डाईको इयोन कारका लागि १० जनाले बोलपत्र बुझाएकोमा तीन लाख ५० हजार अधिकतम मूल्य परेको कैलाली भन्सार कार्यालयका निमित्त प्रमुख कुमार गौतमले बताए ।

होन्डा सिटी कारका लागि उत्पादन वर्ष नमिलेको भन्दै उजुरी परेको निमित्त भन्सार प्रमुख गौतमले पनि स्वीकार गरेका छन । उनले, लिलाम अघि हेवि इक्विपमेन्ट कार्यालय गोदावरी कैलालीका मेकानिकल इन्जिनियरले बुझाएको प्रतिवेदनका आधारमा बोलपत्र प्रकाशित गरिएकाले, त्यसमा परेको फरकबारे पनि मेकानिकल इन्जिनियर नै जिम्मेवार हुने बताए ।

‘प्रमुख भन्सार अधिकृत काठमाडौँ जानु भएको छ, उत्पादन वर्षमा फरक परेको पक्कै हो, बोलपत्रदाताहरुले गरेको उजुरीलाई आधार मान्ने हो भने चारवटै कारको उत्पादन वर्ष हेर्दा ती सबै १० वर्ष भन्दा बढि पुराना हुन्छन र तीनलाई लिलामी नभएर कभाडमा विक्रि गर्नुपर्छ,’ गौतमले भने । 

उनले यसबारेमा प्रमुख भन्सार अधिकृत आएपछि मात्रै बाँकी निर्णय गरिने बताए । ‘यो ठुलो कुरा नै होइन, उत्पादन वर्षमा फरक परेको छ भने त्यसलाई अब फेरि सच्याउन सकिन्छ, त्यो सच्याउने बेला १० वर्ष नाघ्यो भने कवाडमा जान्छ,’ गौतमले भने ।

विभिन्न समयमा प्रहरीले बरामद गरेका भारतीय नम्बरका चोरीका सवारी लिलामको प्रकृयामा ल्याइएका हुन् । लिलामीको सूचना प्रकाशित गर्नुभन्दा अघि जिल्ला भन्सारको अध्यक्षतामा, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, यातायात ब्यवस्था कार्यालयको प्रतिनिधि सदस्य रहने मूल्याङ्कन कमिटिले गाडीको मुल्यांकन गर्ने गर्दछ ।

भन्सारले उत्पादन वर्षमा फरक परेको बताइरहेको छ । तर बोलपत्रदाता हरु भन्छन्, ‘कुनै एउटा गाडीमा मात्रै उत्पादन वर्ष फरक परेको भए गल्ती मान्न सकिन्थ्यो, तर चारवटै कारमा किन उत्पादन वर्ष फरक पर्यो ?’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.