दोलखाका १९ जना नक्कली भूकम्पपीडित विरुद्ध उजुरी

दोलखाका १९ जना नक्कली भूकम्पपीडित विरुद्ध उजुरी

दोलखा : दोलखामा झुठा विवरण पेश गरी अनुदान लिएका १९ जना नक्कली भूकम्पपीडित विरुद्ध उजुरी परेको छ। सम्वन्धित जिल्ला बाहेक अन्यत्र बसोबास योग्य घर भएर पनि निजी आवास वापतको अनुदान लिएको भन्दै जिल्लाको कालिञ्चोक गाउँपालिकाका १९ जना नक्कली भूकम्पपीडित विरुद्ध उजुरी परेको हो। 

निजी आवास पुर्ननिर्माण अनुदान वितरण कार्यविधि २०७३ मा भएको व्यवस्था विपरित विवरण ढाँटी अनुदान रकम लिएर तोकिएको अवधिमा फिर्ता नगरे सरकारी बाँकी सरह असुलउपर गर्न सकिने व्यवस्थाअनुसार १९ जना विरुद्ध छानवीन सुरु गरिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए। 

उनीहरु विरुद्धको उजुरी केन्द्रमा पठाइएकोमा सम्बन्धित गाउँपालिकामा बुझ्न निर्देशन आएकाले गाउँपालिकामा पत्राचार गरिए पनि थप विवरण नआइपुगेको प्रमुख आचार्यले बताए।     प्रमुख आचार्यका अनुसार झुठा विवरण पेश गरी अनुदान लिने विरुद्ध आएको उजुरीमाथि जिल्ला प्रशासन कार्यालयले छानविन गर्नेछ।

    
यसरी उजुरी पर्न थालेपछि जिल्लामा झुठा विवरण पेश गरी भूकम्पपीडितको अनुदान लिने लाभग्राहीको थप विवरण संकलन सुरु गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले झुठा विवरण पेश गरी अनुदान लिने लाभग्राहीको विवरण संकलन गर्न निर्देशनसमेत पठाएको छ। 

राष्ट्रिय पुननिर्माण प्राधिकरण दोलखाले माघ २७ गते नै जिल्लाका ९ वटै स्थानीय तहलाई पत्राचार गरी विवरण संकलन गर्न निर्देशन समेत दिएको छ।
    
झुठा विवरण पेश गर्ने नक्कली भूकम्पपीडितको खोजी भइरहेकै बेला जिल्लामा हालसम्म ९ जना भूकम्पपीडितले पहिलो किस्ता वापतको अनुदान रकम फिर्ता गरेका छन्। ती मध्ये ४ जनाले सेभ द चिल्डे«नबाट अनुदान लिएर निजी आवास निर्माण गरिसकेकाले सरकारी अनुदान फिर्ता गरेका हुन् भने एकजनाले अन्यत्रै बस्न योग्य घर भएकाले अनुदान फिर्ता गरेको प्रमुख आचार्यले जानकारी दिए।

त्यसैगरी दुईजनाले दोहोरो लाभग्राही सूचीमा नाम परेकाले, एकजनाले आमाको नाममा घर बनाएकाले आफ्नो नाममा आएको अनुदान फिर्ता गरेका छन् भने अर्का एकजनाले घर निर्माण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गरेको प्राधिकरण दोलखाले जनाएको छ।
    
प्राधिकरणको निर्देशन लगत्तै जिल्लाको तामाकोशी गाउँपालिकाले पनि सबै वडालाई परिपत्र गर्दै झुठा विवरण पेश गरी अनुदान लिएका लाभग्राहीको विवरण संकलन गर्न निर्देशन दिएको छ। गाउँपालिकाको कार्यालयले फागुन १ गते गाउँपालिकाका ७ वटै वडालाई पत्राचार गर्दै विवरण उपलव्ध गराउन निर्देशन दिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.