जलेको अवस्थामा वृद्ध दम्पतिको शव फेला

जलेको अवस्थामा वृद्ध दम्पतिको शव फेला

राजविराज : सप्तरीको खडक नगरपालिका-५ खरचुहियामा मंगलबार वृद्ध दम्पतिको हत्या भएको छ।स्थानीय ७० वर्षीय सबुरी साह र उनकी श्रीमति ६५ वर्षीया वेचनीदेवी साहको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन्।

हत्याको सम्भावना देखेपछि प्रहरीले पूर्व क्षेत्रीय प्रहरी आवासीय माध्यामिक विद्यालय धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र फरेन्सिक एक्सपर्टसहितको टोली खटाइएको बताए।

सधैं सबेरै उठने गरेका साह दम्पति बिहान आठ बजेसम्म नउठेपछि हेर्न जाँदा दुबैको जलेको अवस्थामा शव फेला परेको छिमेकीहरुले बताए। बिहान दूध ल्याउनेले घरको ढोका नखुलेको र झ्यालबाट धूवाँ आइरहेको देखेपछि प्रहरी र छिमेकीलाई खबर गरेका थिए।

दुबैको शरीरको केही भाग र कपडा जलेको छ। आँगन र कोठाभित्र रगत देखिएकाले हत्याको सम्भावना रहेको छिमेकी सरस्वती चौधरीले बताइन्। एसपी राजेन्द्र विष्टसहितको प्रहरी टोली घटनाको खबर पाएलगत्तै दिनभरी घटनास्थलमा रहे।साह दम्पतिका जेठा छोरा बुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोरा बुहारी धरानमा छन्।जेठा छोरा सत्यनारायण निर्माण व्यवसायी हुन् भने कान्छा तेजुलाल चिकित्सक हुन्। 

साह दम्पति गाउँका सम्पन्न मध्येमा पर्छन्। हालसालै तीनवटा सटर भएको पक्की घर बनाएका साह धान, चामल, गहुँ, मसला पिस्ने मिल चलाएर बसेका थिए। साहले गाउँलेलाई ५० लाख बढी ऋणकर्जा दिएको छिमेकीको भनाई छ। मिलनसार स्वभावका साह दम्पतिको गाउँमा कसैसँग झगडा भएको आफूले थाहा नपाएको छिमेकी सरस्वती चौधरीले बताइन्।

हत्यारालाई पछ्याउँदै सर्च अपरेसनमा खटिएको अनुसन्धान टोलीसहितको तालिमप्राप्त कुकुर घटनास्थलाभन्दा दुई किलोमिटर टाढा रहेको पोखरीमा गएर रोकेको छ,' एसपी विष्टले भने, 'हत्यारालाई पत्ता लगाउँछौ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.