ओलीसँग संघीयता चलाउने योग्यता छैन : गगन थापा

ओलीसँग संघीयता चलाउने योग्यता छैन : गगन थापा

बनेपा : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसँग संघीय नेपाल चलाउने योग्यता नभएको बताएका छन्।

 
सरकारले गर्नुपर्ने काम नगरी अनावश्यक र नगर्नु पर्ने काम गरेको आरोप लगाउँदै थापाले यस्तो आरोप लगाएका हुन्। एक वर्षमा दुई तिहाई सरकारको उपलब्धि शून्य हुनु नै ओलीको क्षमता नरहेको उनको दाबी छ। 

मंगलबार काभ्रेको बेथानचोक गाउँपालिका ५ स्थित वृद्धवृद्धालाई लट्ठी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान अवस्थामा नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरे। 

‘प्रधानमन्त्रीको सपनामा गरिब नागरिक छैनन्। उहाँको सपना पानी जाहाज, रेल र प्लेन चलाउने मात्र छ। बाँकी गरिब र विकट क्षेत्रका जनतालाई उहाँले बिर्सनु भयो’, नेता थापाले भने, ‘मुलुकको धेरै स्थानमा समान्य र अतिआवश्यक स्वास्थ्य सेवा औषधि चिकित्सक समयमै पुर्‍याउन सकेको छैन, गुणस्तरीय शिक्षा दिन विद्यालयमा भौतिक पूर्वाधार र योग्य शिक्षक छैनन्। तर यसमा प्रधानमन्त्रीको चिन्ता छैन।’ 

नेता थापाले  भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारबाही गर्न नसकेको आरोप लगाए। ‘भष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ। हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन’, थापाले भने, ‘पीडित न्याय माग्न सडकमा आउनुपर्छ, खोइ सरकारले जनतालाई सरकार भएको अनुभूति दिन सकेको ?’
 
कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका एक दर्जन जिल्ला स्तरीय नेतालाई थापाले स्वागत गरे। कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष खजान्जी लामाले तलबको पैसाले ७० वर्ष नाघेका एक सय ५१ वृद्धवृद्धालाई लाट्ठी वितरण गरे। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.