बस र ट्रक ठोक्‍किँदा धनुषामा २ को मृत्यु, दर्जन बढी घाइते

बस र ट्रक ठोक्‍किँदा धनुषामा २ को मृत्यु, दर्जन बढी घाइते

जनकपुरधाम : धनुषाको ढल्केवरमा ट्रक र बाहक ठोक्‍किँदा दुईजनाको मृत्यु भएको छ भने, दर्जन बढी यात्रु घाइते भएका छन्। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिलानगरपालिकाको ढल्केवरमा बस र ट्रक ठोक्‍किँदा दुईजनाको मृत्यु र १९ जना घाइते भएको प्ररीले जनाएको छ। 

बसमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-२ की शुभकला मण्डल र  भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राइले जनाए।

काँकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना५ख ४९६ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रक ढल्केवर चोकको मोडमा ठोक्‍किदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.