मदिरा र जुवातास नियन्त्रणमा जुटे डोटीका महिला

मदिरा र जुवातास नियन्त्रणमा जुटे डोटीका महिला

डोटी : गाउँमा मदिरा र जुवातास मुक्त हुनुपर्ने भन्दै डोटीका ग्रामीण भेगका महिला एकजुट भएर लागेका छन्। यसको लागि जनप्रतिनिधीले सहयोग गरिदिनुपर्ने उनीहरुको माग रहेको छ। केआईसिंह गाउँपालिका-५ राना गाउँका महिलाले गाउँपालिकाका जनप्रतिनिधिसँग मदिरा र जुवा नियन्त्रण तथा व्यवस्थापनका लागि माग गरेका हुन्।

उनीहरुले गाउँपालिकाका उपाध्यक्ष मिना बिष्टलाई ज्ञापनपत्र बुझाएका छन्। मदिरा र जुवातासले महिलामाथि दैनिक घरेलु हिंसा बढ्दै गएको भन्दै महिलाले रानागाउँ, जमलकट्टेकी यशोदा शर्माले जनप्रतिनिधीलाई बुधबार ज्ञापनपत्र दिएकी छन्। 

महिलाले महिलाको पीडा बुझ्ने भएकाले उपाध्यक्ष बिष्टलाई ज्ञापनपत्र बुझाएका उनले बताइन्।उनले मदिराले हाम्रा घरबार बिग्रेकाले नियन्त्रणका लागि स्थानीय सरकारसँग माग गरिएको बताइन्। गाउँपालिका उपाध्यक्ष मिना बिष्टले मदिरा नियन्त्रण तथा व्यवस्थापनबारे गाउँपालिकामा छलफल भइरहेको बताइन्। 

गाउँपालिका अध्यक्ष लोकेन्द्र शाही र वडाध्यक्ष रामचन्द्र राणाले मदिरा नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिका एक्लै लागेर सफल नहुने बताए। स्थानीय महिला,पुरुष तथा युवाको प्रतिवद्धता आए मदिरा निषेध गर्न गाउँपालिकाले कानुन बनाउने प्रतिबद्धता दिए।

मदिरा तथाजुवातासका कारण गाउँमा आफूजस्ता व्यक्तिलाई बस्न समस्या भएको स्थानीय लोकबहादुर बिकले बताए।प्रहरी प्रशासनमार्फत स्थानीय तहले यसमा सही कदम चाल्नु पर्ने बिकले बताए।'मदिरा नियन्त्रणका लागि स्थानीय सरकारले अगाडी नबढे हामीले जे गरेपनि हुँदैन, 'स्थानीय कृष्ण रावलले भने, 'हामीलाई पूर्णरुपमा सहयोग गर्नुपर्दछ।'

स्थानीयले सुशासन नीति तथा सामाजिक जवाफदेहिताका सम्बन्धमा समेत जनप्रतिनिधिलाई सुझाएका थिए। एफएमडिसी नामक एक गैरसरकारी संस्थाले आयोजना गरेको साझा सभा कार्यक्रममा जनप्रतिनिधिले शिक्षा तथा स्वास्थ्य प्रबर्धनका लागि अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.