मृतक सबैको पोस्टमार्टम बिहीबार

मृतक सबैको पोस्टमार्टम बिहीबार

काठमाडौं : ताप्लेजुङमा भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका सबै मृतकको पोस्टमार्टम बिहीबार हुने भएको छ।  निधन भएका सातमध्ये चार शव सुकेटार विमानस्थलमा ल्याइएको छ।  अन्य तीन शव भने ल्याउने प्रयास भइरहेको छ। 

खराब मौसमका कारण शव ल्याउन कठिनाई भइरहेको स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलले जानकारी दिए। घटनास्थलमा पानीका साथै हिउँ समेत परिरहेको छ। 

निधन भएका सातै जनाको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टम गरिने भएको छ।  

दुर्घटनामा ज्यान गुमाउनेहरु 

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.