अब सम्झनामा मात्र रवीन्द्र अधिकारी

अब सम्झनामा मात्र रवीन्द्र अधिकारी

रवीन्द्र अधिकारीको जन्म २०२६ साल वैशाख २२ गते बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवी अधिकारको कोखबाट कास्की भरतपोखरी गाविस नौ जामुनबोटमा भएको हो। व्यवस्थापनमा स्नातकोत्तर अधिकारी विद्यार्थी राजनीतिक हुँदै राष्ट्रिय राजनीतिका चर्चित पात्र हुन्। दुई सन्तानका पिता रवीन्द्रकी श्रीमती विद्या भट्टराई आरआर क्याम्पसमा प्राध्यापनरत छिन्। 

विद्यार्थी राजनीति 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारी २०३७ सालमा विद्यार्थी कालमै राजनीतिमा प्रवेश गरेका थिए। प्रवेशिका उत्र्तीण गरे लगत्तै वन विज्ञान अध्ययन संस्थान भर्ना भएका अधिकारी २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरु गरे। विद्यालयबाटै राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी क्याम्पसमा प्रवेश गरेपछि राजनीतिकमा सक्रिय भए। 

अधिकारीले २०४४ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु कमिटीको अध्यक्ष बनेर विद्यार्थी राजनीतिबाटै नेतृत्व गर्न थालेका थिए।  विद्यार्थी राजनीतिसँगै अधिकारीले २०४५ सालमा एक वर्ष अध्यापनसमेत गरे। सोही साल उनी पृथ्वीनारायण क्याम्पस सदस्य बनेका थिए। उनले ०४५ मै अनेरास्ववियु कास्की जिल्ला कमिटीको नेतृत्व पाए। 

जिल्ला कमिटीको अध्यक्ष भएको दुई वर्षपछि २०४७ सालमा अनेरास्ववियु केन्द्रीय सदस्य बनेका अधिकारी गण्डकी अञ्चलको अध्यक्ष बने। विस्तारै विस्तारै नेतृत्वमा पुगेका अधिकारी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति निर्वाचित भएका थिए। 

पोखराबाट विद्यार्थी राजनीतिको नेतृत्व सुरु गरेका अधिकारी २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति निर्वाचित भएका थिए। केन्द्रीय क्याम्पसको नेतृत्व लिएकै वर्ष उनी स्ववियु काउन्सिल नेपालको संयोजक बने। विद्यार्थी राजनीतिमा लोकप्रिय बनेका अधिकारी २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भए। 

विद्यार्थी राजनीतिमा अधिकारीको योगदान 

विद्यार्थी राजनीतिको तल्लो तहदेखि नेतृत्वमा पुगेका अधिकारीको भूमिकालाई विशेष रुपमा सम्झन सकिन्छ। 

अधिकारीले विद्यार्थी राजनीति अवधिभर शिक्षामा भएको निजीकरण र व्यापारिकरण विरुद्ध संघर्ष गरे। उनको अभियान प्राविधिक शिक्षाको विस्तार र गुणस्तरियता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलनको अगुवाई आफैँ गरे।  अधिकारीकै नेतृत्वमा कालापानी मोर्चा बनेको थियो। उनले सीमा सुरक्षा अभियान अन्तर्गत नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बांधको चर्को विरोध गरे। 
 
विद्यार्थी कालमै उनले ज्ञानेन्द्र पुत्र पारस शाहलाई दरबारमा नभएर जेलमा राख्न माग गरे। पारसको ज्यादतीविरुद्द आन्दोलन गर्ने क्रममा उनले ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाएका थिए।  यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाइसमेत अधिकारीले नै गरेका थिए। 
 
राष्ट्रिय राजनीतिमा अधिकारी 


२०४६ सालदेखि अधिकारी राष्ट्रिय राजनीतिमा सक्रिय बने। उनले पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल बसेका थिए। 
अधिकारी विरोधी आन्दोलनका क्रममा पटकपटक हिरासत परेका थिए। 

कास्की जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै अधिकारी २०६४ को संविधानसभाको निर्वाचनमा सभासद् बने। दोस्रो संविधनसभाको निर्वाचनबाट २०७० सालमासमेत अधिकारी संविधाानसभा सदस्य बनेका थिए। उनी रुपान्तरित व्यवस्थापिका संसदका सदस्यसमेत थिए। 

अधिकारी २०७४ को आमनिर्वाचनमा तेस्रो पटक कास्कीबाट निर्वाचित भएका हुन्। एमाले र माओवादी एकतापछि नेकपा बन्दा अधिकारी केन्द्रीय सदस्य बनेका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो। 

लेखक रवीन्द्र 
राजनीतिसँगै अधिकारीको लेखक व्यक्तित्व छुट्टै छ। उनले थोरै कृति प्रकाशन गरे पनि उनका कृति चर्चित र महत्वपूर्ण छन्। ‘संविधानसभा : लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’ उनका दुई कृति हुन्। कृतिसँगै उनले राजनीति र विकास सम्बनधी सयौँ अनुसन्धानमुलक लेख लेखेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.