पीएसएलमा सन्दीपको बलिङ टी–ट्‍वान्टी करियरकै उत्कृष्ट

पीएसएलमा सन्दीपको बलिङ टी–ट्‍वान्टी करियरकै उत्कृष्ट

काठमाडौं : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा गरेको प्रदर्शन उनको टी–ट्‍वान्टी क्रिकेट करियरमा हालसम्मकै उत्कृष्ट प्रदर्शन बनेको छ। 

बुधबार पीएसएलमा आफ्नो तेस्रो खेल खेलेका सन्दीपले आफ्नो लेगस्पीनको जादु देखाउँदै ४ ओभर बलिङ गर्दा जम्मा १० रन खर्चेर ४ विकेट लिन सफल भए। विश्वकै उत्कृष्ट क्रिकेटरहरु सहभागी भएको कुनै पनि टी–ट्वीन्टी क्रिकेट प्रतियोगितामा २.५ को इकोनोमीमा बलिङ गरी, ४ विकेट लिनुसक्नु निकै दुर्लभ प्रदर्शन हो। 

पाकिस्तानी सुपर लिगमा सन्दीप लाहोर क्वालान्डर्सबाट खेलिरहेका छन् । बुधबार उनको टोलीले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको क्वेटा ग्लाडियटर्ससँग प्रतिस्पर्धा गरेको थियो। क्वेटाका लागि पाकिस्तानी युवा क्रिकेटर असन अली र विस्फोटक ब्याटिङ गर्ने अस्टे्रलियन अलराउन्डर शेन वाट्सको ओपनिङ जोडी क्रिजमा थिए। 

असन अलीले तेस्रो ओभरमा २० रन प्रहार गरी लाहोरका बलरलाई डोमिनेट गर्न शुरु गरिसकेका थिए । ३ ओभरमा ३१ रन बनेको थियो। यस्तो  दबाबपूर्ण अवस्थामा चौथो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वाट्सनलाई एलबिडब्लु धरापमा पारी पेभिलियन पठाइदिए। यस ओभरमा जम्मा ३ रन दिए।

त्यसपछि छैटौं ओभरको पहिलो बलमै दक्षिण अफ्रिकी खेलाडी रोस्सोलाई क्याच आउट गराएका उनले यसै ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरी तेस्रो विकेट लिन सफल भए। सातौँ ओभरको तेस्रो बलमा डेनिस अजिजलाई क्याच आउट गराई व्यक्तिगत चौथो विकेट लिएका थिए। 

सन्दीपले एकपछि अर्को गर्दै ४ विकेट लिएपछि उत्कृष्ट सुरुवात गरेको क्वेटाका कुनै व्याट्म्यानले खेललाई फर्काउन सकेनन्। क्वेटा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो। लाहोरले यो खेल ८ विकेटले जित्यो। सन्दीप यस खेलका ‘प्लेयर अफ दी  म्याच’ भए। 

सन्दीप  टोलीले खेलेका ६ खेलमध्ये पछिल्ला तीन खेलमा सहभागी भए। ३ खेल खेल्दा उनले ८ विकटे लिइसकेका छन्। उनले यस प्रतियोगितामा धेरै विकेट लिनेको सूचीमा पाचौं स्थानमा आफूलाई उभ्याइसकेका छन्। 

एक इनिङमा उत्कृष्ट बलिङ गर्ने बलरको सूचीमा भने सन्दीप पहिलो नम्बरमा छन्। यसको मतलब सन्दीपले बुधबार गरेको बलिङ नै पीएसएल यस सिजनको अहिलेसम्मको सबैभन्दा राम्रो बलिङ हो। बलिङतर्फ समग्रमा उत्कृष्ट प्रदर्शन गर्नेको सूचीमा पाकिस्तानका हसन अली पहिलो र सन्दीप दोस्रो स्थानमा छन्। 

पीएसएलको डेब्यु खेलमा सन्दीपले ३ विकेट लिए तर त्यो खेलमा गरेको बलिङ उनको करियरकै महंगो बलिङ बनेको थियो। उनले ४ ओभरमा ४६ रन दिएका थिए। दोस्रो खेलमा ४ ओभरमा १ विकेट लिएर २० रन मात्रै दिँदै बलिङ इकोनोमी सुधार गरेका उनले तेस्रो खेलमा  टी–वीन्टी करियरकै उत्कृष्ट बलिङ गर्न सफल भए। 

गतसालको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मौका पाएपछि सबैजसो विदेशी लिगमा सन्दीपले खेल्ने अवसर पाएका छन्। आईपीएलपछि उनले टी–ट्वीन्टी फर्म्याटका लिगमा क्यानडा प्रिमियर लिग, क्याराबिन प्रिमियर लिग, बिग बास लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग  खेलिसकेका छन् र हाल खेलिरहेको पाकिस्तान सुपर लिगसहित १ वर्षभित्र ७ विदेशी लिगमा खेल्ने अवसर प्राप्त गरे। त्यसबाहेक उनले गत नोभेम्बर यूएईमा भएको सबैभन्दा छोटो फर्म्याटको क्रिकेट टी–१० लिग पनि खेले। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.