शैलुङमा फुट ट्रेल निर्माण सुरु

शैलुङमा फुट ट्रेल निर्माण सुरु

दोलखा : नेपालको एक सय एक पर्यटकीय गन्तव्यमध्ये दोलखाको शैलुङमा पर्यटन प्रवद्र्धनका लागि फुट ट्रेलको निर्माण सुरु गरिएको छ । पर्यटन विभागको एक करोड १० लाखको लागतमा फुट ट्रेलको निर्माण सुरु गरिएको हो । नयाँ गन्तव्यमा पूर्वाधार पु¥याउने सरकारको लक्ष्यका साथै गाउँपालिकाको लगातारको अनुरोध पछि पर्यटन विभागले फुट ट्रेल निर्माण सुरु गरेको हो ।

सरकारले पछिल्लो समय थप गरेको पर्यटकीय गन्तव्यमा परेको शैलुङ क्षेत्रमा पुग्ने पर्यटकका लागि नयाँ अनुभव गराउन विभागले एक करोड १० लाख बजेट निकासा गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

कल्पवृक्ष निर्माण सेवाले शैलुङ फुट ट्रेलको निर्माण सुरु गरिरहेको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए । शैलुङ गाउँपालिका ७, को कालापानीदेखि डाँफेढुंगासम्म दुई किलोमिटर दूरीको फुट ट्रेल निर्माण भइरहेको हो । सामुद्रिक सतहदेखि ३४२० मिटरको उचाईमा अवस्थित शैलुङ डाँडासम्मको हाइकिङका लागि फुट ट्रेलले ठूलो महत्व राख्ने विभागको ठम्याइ छ । ट्रेलअन्तर्गत निर्माण कम्पनीले ढुंगाको सिँढी, कटिङ, मेशिनरी गाह्रो, केही ठाउँमा सोलिङ लगायतको काम गर्ने गाउँपालिकाले जनाएको छ ।

यसैगरी, विभिन्न स्थानमा प्रतिक्षालयको पनि निर्माण हुनेछ । निरन्तर काम भएमा यो आर्थिक वर्षभित्रै फुट ट्रेल निर्माण भइसक्ने दुलालको भनाइ छ । फुट ट्रेल निर्माणपछि शैलुङ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भई समग्र शैलुङ गाउँपालिकाको आर्थिक सम्वृद्धिमा ठोस योगदान पुग्ने अध्यक्ष दुलालको विश्वास छ । शैलुङ डाँडाबाट रोल्वालिङ तथा जुगल हिम श्रृंखलाको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । दोलखाको कालिञ्चोकपछि अहिले अर्को आकर्षक पर्यटकीय गन्तव्य शैलुङको विकास भइरहेको छ ।

शैलुङ घुम्न आउने पर्यटकलाई खाने बस्ने ठाउँको समस्या भएकाले प्रवेशद्वार कालापानीमै होटल व्यवसाय सञ्चालन गर्न शैलुङ गाउँपालिकाले सार्वजनिक रूपमै आह्वान पनि गरिसकेको छ । पर्यटकको सुविधाका लागि कालापानी तथा ढुंगेमा होटल वा होमस्टे निर्माण गर्ने व्यवसायीमध्ये पहिलो १० जनालाई गाउँपालिकाले दुई लाखका दरले अनुदान दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.