राजविराजमा भारोत्तोलन प्रतियोगिता : नौ स्वर्णसहित सप्तरी पहिलो
राजविराज : सप्तरीको राजविराजमा सम्पन्न प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा सप्तरीले नौ स्वर्ण पदक हात पारेको छ । सिरहाले चार, धनुषा र बाराले दुई-दुई स्वर्ण पदक जितेको छ। आज भएको प्रतियोगितामा पुरुषतर्फ ६७ किलो तौल समूहमा धनुषाका अशोककुमार यादव, ७३ किलो तौल समूहमा सप्तरीका मनोजकुमार यादव, ८१ किलो तौल समूहमा बाराका सजारुद्धिन आलम र ८९ किलो तौल समूहमा सप्तरीका रोशनकुमार साहले स्वर्ण पदक हात पारे।
यसैगरी ९६ किलो तौल समूहमा धनुषाका उज्जवलकुमार मिश्र, एक सय दुई किलो तौल समूहमा सप्तरीका राजेशकुमार झा, एक सय नौ किलो तौल समूहमा सिरहाका प्रताप चौधरी र एक सय नौ भन्दा बढी किलो तौल समूहमा बाराका आदर्शकुमार गुप्ता प्रथम भए।
बुधबारको खेलमा सप्तरीले ६ र सिरहाले तीन स्वर्ण पदक जितेका थिए। नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको छनौट प्रतियोगितामा ६ जिल्लाका १२ महिलासहित ५८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको नेपाल भारोत्तोलन संघका सचिव एवं अन्तर्राष्ट्रिय निर्णायक तिलक राउतले बताए।