दोलखामा अनौठो चोरी, कुकुरले चोरे सय जोर जुत्ता चप्पल

दोलखामा अनौठो चोरी, कुकुरले चोरे सय जोर जुत्ता चप्पल

चरिकोट  : पत्यार नलाग्न सक्छ, कुकुर पनि कहिँ चोर हुन्छ भन्ने तथ्य । तर दोलखा सदरमुकाम चरिकोटमा यस्तै घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले एउटा पत्याउन गाह्रो तर पत्याउनै पर्ने घटना सार्वजनिक गरेको छ । आफ्नो घर बाहिर राखिएका जुत्ताचप्पल लगातार हराइरहेको स्थानीयको गुनासो आउन थालेपछि पत्ता लगाउने क्रममा प्रहरीले अनौठो तथ्य भेट्टाएको हो । 

अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा घुमिरहेका एक जोडी कुकुर नै चोरीको अनौठो घटनामा संलग्न भएको खुलेको छ । ती कुकुरले सदरमुकामस्थित बिभिन्न स्थानबाट जुत्ता चप्पल संकलन गरी जम्मा गर्ने गरेको भेटिएको छ । ती जोडी कुकुरले करिब सय जोडी जुत्ताचप्पल चोरी गरेको तथ्य छ ।

रातको समयमा एकजोडी कुकुरले मुखमा च्यापेर ल्याएका जुत्ता चप्पल प्रहरी कार्यालय आसपासको नालामा छोड्ने गरेका थिए । त्यसबारे न त प्रहरीले नै चासो दिएका थिए, न त मालपोत आवतजावत गर्नेले नै 

केही दिन अघि एउटा कुकुरले नयाँ देखिने पार्टी जुत्ता ल्याएर प्रहरी कार्यालय छेउको नालामा छोडिदियो । भोलिपल्ट उस्तै रङको र उही नम्बरको जुत्ता त्यहीँ ल्याएर छोडेको जिप्रका दोलखाका डिएसपी बासुदेव पाठकले देखेपछि जुत्ता चोर्न कुकुर पत्ता लागेको हो । 

अधिकांश समय प्रहरी र मालपोत कार्यालय आसपास भेटिने जोडी कुकुरले करिब एक महिनाको अवधिमा एकसय ओटा जुत्ताचप्पल चोरी गरेको पाइएको छ । ‘जुत्ता चप्पल चोरी हुने गरेको मौखिक गुनासो त आउने गरेको थियो’, दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्लेले भने, ‘आँखै वरिवरी हुने कुकुरले त्यसरी जुत्ताचप्पल बोक्ला भन्ने अनुमान गरेका थिएनौं ।’

पशुपंक्षी अस्पताल चरिकोटका बरिष्ठ पशुविकास अधिकृत ज्ञानबहादुर थापाले जुत्ता चप्पलको गन्ध मन पराउने बानी भएर त्यसरी जुत्ताचप्पल संकलन गरेको हुनसक्ने बताए । 

फेला पारिएका जुत्ताचप्पल बालबालिकाकादेखि खेलाडीका बुट, स्पोर्टस सुज र लेडिज जुत्ता चप्पलसम्म रहेका छन् । प्रहरीले २ बोरा त्यस्ता जुत्ता चप्पल संकलन गरी आफ्नो स्टोरमा सुरक्षित राखेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.