नेपाललाई मनको बाघले खायो : महेन्द्र पी लामा

नेपाललाई मनको बाघले खायो : महेन्द्र पी लामा

काकरभिट्टा : प्राध्यापक महेन्द्र पी लामाले नेपाललाई मनको बाघले खाएको टिप्पणी गरेका छन्। रिडर्स झापाले काकरभिट्टामा गरेको कला साहित्य उत्सवको  एक बहसमा सहभागी हुँदै लामाले यस्तो बताएका हुन्। उत्सवको पहिलो दिनको अन्तिम सेसनमा बोल्दै लामाले यस्तो टिप्पणी गरेका हुन्। 

नेपालमा भारत भारत र चीनको प्रभावको विषयमा चर्चा गर्दै लामाले यस्तो बताएका हुन्। ‘नेपाललाई वनको बाघले होइन मनको बाघले खाए जस्तो लाग्छ’, लामाले भने, ‘नेपालले भूराजनीति र अन्तराष्ट्रिय खेलमा भन्दा आफ्ना मौलिक मुद्दामा जोड दिनुपर्छ।’ 

उनले नेपाललाई अन्तराष्ट्रिय मुद्दा नजोडिएका मौसम परिवर्तन र परम्परागत औषधि उपचारको नेतृत्व गर्न सुझाव दिए। 

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को भारतीय पक्षका सदस्यसमेत रहेका लामाले गहिरो अध्ययनपछि तयार पारेको रिपोर्ट बुझाउन भारतीय प्रधानमन्त्रीले समय नदिएको खुलासा गरे। ‘दुई वर्ष लगाएर गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्यौँ’, लामाले भने, ‘पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पछिमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भन्यौँ। तर, समय पाएका छैनौँ।’ 

सँगै उनले चीन नेपालमा मात्र नभएर सबैतिर पसेको बताए। चीन त्रिशूल शैलीमा विश्वमै प्रवेश गरेको उनको भनाइ छ। ‘चीन नेपालमा मात्र होइन। चारैतिर पस्दै छ। यो कुनै नौलो कुरा होइन’, उनले भने, ‘चीन त्रिशूलको शैलीमा आएको छ। स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय ढंगले विश्वमा प्रवेश गरेको छ।’ लामाले नेपाललाई अब दुई ढुंगाबीचको तरुल नबन्न सुझाव दिए। ‘नेपाल अब दुई ढुंगाबीचको तरुल बन्ने होइन’, उनले भने, ‘नेपालले दुई ढुंगाबीच टेकेर आफ्नो फाइदा हेर्नुपर्छ।’ 

रिडर्स झापाको आयोजनामा शनिबार सुरु भएको उत्सवको  ‘भूराजनीतिक चिन्तन’ विषयक बहसमा लामाले यस्तो टिप्पणी गरेका हुन्। पत्रकार वसन्त वस्नेतले प्रस्तुत गरेको बहसमा लामाका साथमा पत्रकार सुधीर शर्मा सहभागी थिए।

पत्रकार शर्माले नेपालले गतिशील पुल बन्न समान दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए। आन्तरिक निर्णय नै कमजोर हुँदा नेपाल दुई देशबीचको गतिशील पुल बन्न नसकेको उनको टिप्पणी छ। ‘सत्तारुण पार्टीमै पनि सबै नेताको समान दृष्टिकोण देखिँदैन’, भेनेजुएला प्रकरणको उदाहरण दिँदै पत्रकार शर्माले भने, ‘आन्तरिक विषयमा निर्णय गर्न नसक्दा संकटको सिर्जना हुन्छ।’ 

नेपालले बदलिदो परिस्थितिलाई बुझेर मात्र मित्रराष्ट्रका विषयमा पाइला चाल्नुपर्ने उनको भनाइ छ। ‘चीन नेपालका लागि नयाँ विकल्प हो’, पत्रकार शर्माले भने, ‘तर, चीनकै नाममा हामीले हाम्रा मित्रराष्ट्रलाई गुमाउनु हुँदैन।’

शनिबार सुरु  भएको साहित्य उत्सव तीन दिनसम्म चल्नेछ। शनिबार विभिन्न पाँच सेसनमा छलफल भएको थियो।  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.