कला साहित्य उत्सव २०७५ का २२ सेसन, हेर्नुस् कार्यक्रम तालिका
काठमाडौं : यही फागुन १८, १९ र २० गते हुने कला साहित्य उत्सव २०७५ को चौंथो शृङ्खलाको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। झापाको काँकरभिट्टामा हुने कला साहित्य महोत्सवका कार्यक्रमहरूको तालिका आयोजक ‘रिडर्स झापा’ ले शनिबार सार्वजनिक गरेको हो।
अघिल्ला उत्सवहरू जस्तै यसपटक पनि कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवम् पर्यावरण जस्ता विषयमा विमर्श गरिने आयोजकले जनाएको छ।
साहित्यिक अध्ययन र साहित्यिक कर्म गरिरहेका तथा सार्वजनिक रुपमा बहसमा आएका विभिन्न विषयमा रुचि हुने सबैलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले आह्वान गरेको छ। २०६९ देखि हरेक दुई वर्षमा कला साहित्य उत्सव हुँदै आएको छ।
हेर्नुस् कार्यक्रमको तालिका

प्रतिक्रिया दिनुहोस !