नेकपा नेता कार्कीको स्वीकारोक्ति : परिवर्तनका लागि लड्दा झन् प्रदूषित भयौँ

नेकपा नेता कार्कीको स्वीकारोक्ति : परिवर्तनका लागि लड्दा झन् प्रदूषित भयौँ

काकरभिट्टा : सत्तारुढ नेकपाका नेता एवं सांसद राम कार्कीले राजनीतिक परिवर्तनको लडाईँका क्रममा आफूहरू नै प्रदूषित भएको स्वीकार गरेका छन्। झापाको काकरभिट्टामा जारी कला साहित्य महोत्सवको दोस्रो दिन भएको एक छलफलमा कार्कीले मुलुकको राजनीति फेर्न खोज्नेहरू नै प्रदूषित भएको बताए।

‘पूँजीवाद जब्बर छ, योसँग हामीले केही पनि गर्न सकेनौँ’, कार्कीले ‘दलालीको दलदल’ शीर्षकमा भएको छलफलमा भने, ‘केही गर्न खोज्दा हामी नै झन् प्रदूषित भयौँ।’ नेपालमा पछिल्लो समय चर्चामा रहेको ‘दलाली’ पनि पूँजीवादकै सन्तान भएको तर्क गर्दै कार्कीले नेपालका सबैजसो क्षेत्रमा पूँजीवाद नै हाबी भएको बताए।

‘कांग्रेसले गरेको राजनीतिमा होस् वा कम्युनिस्टले गरेको राजनीति होस् वा ज्ञानका अरु क्षेत्र होउन्, सबै ठाउँमा पूँजीवादी व्यवस्था नै हाबी छ’, कार्कीले भने, ‘अचम्म यो छ कि नेपालको पूँजीवाद आफूलाई साम्यवादी हौँ भन्नेहरूले चलाइरहेका छन्।’ आलोचनात्मक चेतको विकासले मात्र पूँजीवादी व्यवस्थाको विकल्प दिन सक्ने उनले तर्क गरे। 

आफूहरूको पुस्ता सामन्तवादविरुद्ध लडेको बताउँदै कार्कीले अब पूँजीवादविरुद्ध लड्ने काम नयाँ पुस्ताको भएको बताए। ‘हामी सामन्तवादविरुद्ध लडेकै हो, तर पूँजीवादविरुद्ध लड्न सकेनौँ’, कार्कीले भने, ‘अबको पुस्तालाई यसविरुद्ध लड्न मेरो चुनौति छ।’

नेपालमा समाजवादलाई थेगोको रुपमा प्रयोग गरिएको बताउँदै यसबारे छलफल नै नभएको बताए।

‘थेगोको रुपमा त सबैले प्रयोग गर्दैछन्। तर समाजवाद कस्तो हुन्छ, समाजवादमा कृषि र स्वास्थ कस्तो हुन्छ, मान्छे मान्छेबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा कहीँ छलफल हुँदैन’, कार्कीले भने, ‘४८ सालदेखि म पार्टी केन्द्रीय समितिमा छु तर समाजवाद कसरी आउँछ भन्नेबारे त्यहाँ पनि कहिल्यै छलफल नै हुँदैन। नैतिक प्रभाव पार्नुपर्ने राजनीतिक नेतृत्वले आफ्नो आधार गुमाएको छ, यो दुखको कुरा हो।' पार्टीलाई  ३० वर्षदेखि नअर्चापेको हतियारको संज्ञा दिँदै कार्कीले यसले अब काम गर्न नसक्ने बताए।

मार्क्स र लेनिनलाई दोहोर्‍याएर नभई अब आफूलाई कम्युनिस्ट भन्ने दलहरूले नयाँ विकल्प दिनुपर्ने उनले बताए। केही नेताहरू बिग्रे पनि सबै नेता कार्यकर्ता नबिग्रेकोले समाज लामो समयसम्म विकल्पहीन हुन नसक्ने कार्कीको विश्वास छ।

निरोज कट्टेलले सहजीकरण गरेको छलफल सत्रमा कार्कीसँग बहसमा उत्रेका थिए विश्लेषक विष्णु सापकोटा र पत्रकार अखिलेश उपाध्याय।

पत्रकार अखिलेश उपााध्यायले दलहरूको नैतिक धरातल खतम भएको बताए। ‘चुनाव महँगो भएर ८/१० करोड खर्च नगरी चुनाव लड्न सक्ने अवस्था छैन’, उपाध्यायले भने, ‘ठूलो जनमानसलाई निर्णय लिन सघाउने क्षमता राख्ने दलहरूको नैतिक धरातलमा ह्रास आउनु राजनीतिको बिडम्बना हो।’

राजनीतिक विश्लेषक विष्णु सापकोटाले दलहरूमा एकथरी मान्छेको लगानी रहेको र  उनीहरूले नयाँ मानिसलाई नेतृत्वमा पुग्नै नदिने अवस्था रहेको बताए। ‘बढी लागनी गरेकाले कम लगानी गरेकालाई नेतृत्वमा आउनै दिँदैनन्’, सापकोटाले भने, ‘विकल्पको राजनीति जति जरुरी छ, उति कठिन पनि छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.