शिक्षक-प्रहरी भिडन्तले ‘रणमैदान’ जस्तै नयाँबानेश्वर (फोटो फिचर)

शिक्षक-प्रहरी भिडन्तले ‘रणमैदान’ जस्तै नयाँबानेश्वर (फोटो फिचर)

काठमाडौं : विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच दोस्रो दिन पनि झडप भएको छ । माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोकिएको बानेश्वर चोकतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि झडप भएको हो ।

शिक्षकको भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसपछि शिक्षकहरुले पनि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । अहिले नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त छ ।

शिक्षक आन्दोलनका कारण नयाँ वानेश्वर, माइतीघर, थापाथली, कोटेश्वर तीनकुने लगायतका क्षेत्रका सवारी आवागमनमा समस्या भएको छ । आइतवार पनि शिक्षकहरुले प्रदर्शन गर्दा प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको थियो । 

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । 

अहिले तीनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.