राहत शिक्षकको आन्दोलन : दोलखाका ४ दर्जन बढी स्कुल बन्द

राहत शिक्षकको आन्दोलन : दोलखाका  ४ दर्जन बढी स्कुल बन्द

दोलखा : मंगलबार दोलखाका ४ दर्जन विद्यालय पूर्णरुपमा बन्द भएका छन्। राहत तथा बालविकास शिक्षकले देशभरका सामुदायिक विद्यालय बन्द गर्न आह्वान गरेपछि मंगलबार दोलखा जिल्लाको ४ दर्जन विद्यालय पूर्णरुपले बन्द भएका हुन्।

सामुदायिक विद्यालयमा कार्यरत राहत तथा बालविकास शिक्षकले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरेको विरोधमा जिल्लाका ५० भन्दा बढी विद्यालय पूर्ण रुपले बन्द भएका हुन्। राहत तथा बालविकास शिक्षकको बहुमत भएको विद्यालय पूर्णरुपले बन्द भएका छन्। अन्य विद्यालयले भने नैतिक समर्थनका लागि भन्दै विद्यालय आंशिक बन्द गरेका छन्। 

जिल्लामा करिब तीनसय ५० सामुदायिक विद्यालय रहेकोमा करिब ५० वटा पूर्ण र करिब डेढ सय विद्यालय आंशिक बन्द भएको राहत शिक्षक समिति दोलखाका अध्यक्ष बालकृष्ण खड्काले जानकारी दिए। एसईई परीक्षा चैत ८ गतेबाट र जिल्लाको वार्षिक परीक्षा चैत ७ गतेबाट हुने निर्धारण गरिएको अवस्थामा विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिएपछि अभिभावकमा चिन्ता थपिएको छ।

बन्द हुने विद्यालयमा अधिकांश माध्यमिक विद्यालय रहेको राहत शिक्षक समिति दोलखाले जनाएको छ। विद्यालय बन्द भएको बारेमा जनप्रतिनिधिसँग सम्पर्क गर्दा बन्द गरेको पाइएमा छानबिन गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.