रिस बाँकी छ भने दण्ड दिनोस्, भोग्न तयार छु, तर द्वद्व व्यवस्थापन गरौँ : डा. भट्टराई

रिस बाँकी छ भने दण्ड दिनोस्, भोग्न तयार छु, तर द्वद्व व्यवस्थापन गरौँ : डा. भट्टराई

काठमाडौं : नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिबाट संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार संघीय संसदलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई समेट्नका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । विप्लव समुह, मधेस तथा पूर्व लिम्बुवानका युवाहरुको संविधानका कारण असन्तुष्टि ब्यापक बढेको प्रसंग कोट्याउँदै उनले उनीहरुको गुनासो सम्बोधन गर्नुपर्ने बताए ।

पूर्वमा लिम्बू युवादेखि मधेससम्म असन्तुष्टि बढिरहेको अवस्थामा सम्बोधन नगरे यसले ठूलो रुप लिनसक्ने उनको भनाइ थियो । यस्तै उनले द्वन्द्ध व्यवस्थापनको काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिएका छन् । यसको काम रोकिँदा समृद्धि र विकासको बाटोमा अवरोध ल्याउने भन्दै द्वन्द्व व्यवस्थापनको काम चाँडै सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘फरगिभ एन्ड फर्गेटको आधारमा अघि बढ्नुपर्छ । यसको विकल्प पनि छैन । कसलाई दण्डित गर्नुपर्छ गरौँ । साथीहरुलाई अझै रिस बाँकी छ भने दण्डित गर्नुहोस्, म दण्डा भोग्न तयार छु । तर यसले समृद्धिको बाटो छेकेको छ ।’

डा. बाबुराम भट्टराईले राजनीतिक पद्धत्तिमै परिवर्तन गर्नुपर्ने पनि औंल्याए । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पनि उनको तर्क थियो । साथै विश्व पुँजीवादमा प्रवेश गरिसकेको अवस्थामा नेपालले पनि आफूलाई प्रतिष्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो ।

भ्रष्टाचार रोकथाम, परराष्ट्र नीतिमा चुस्तता लगायत कुरामा सरकारले नयाँ निकाय बनाएर गम्भीर भएर काम गर्नुपर्ने उनले बताएका थिए । पछिल्लो समय विश्वका विभिन्न मुलुक तथा विश्वविद्यालय भ्रमण गर्दा त्यहाँ आफूले थाहा पाएका विषयबारे पनि डा. भट्टराईले संसदलाई सुनाएका थिए । विश्व आज नयाँ बहसमा प्रवेश गरिसकेको अवस्थामा नयाँ तरिकाले सोच्नुपर्नेतर्फ उनले शंकेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.