ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट : चन्द्रपुर नगरपालिका–१ स्थित पौराइको बागमती बजारमा बुधबार साँझ मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पौराइस्थित बागमती बजारमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख २०९३ नम्बरको ट्रकले पश्चिमबाट पूर्व जाँदै गरेको बा ६१ प २४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय बिक्रम लामाको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रपुर–१ बागमती बजारमा घर भएका मोटरसाइकल चालक लामाको मृत्यु भएको हो । घाइते लामाको टाउको र बायाँ खुट्टामा चोट लागेर उपचारको लागि चन्द्रनिगाहपुरमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि पीडित परिवार तथा स्थानीयबासीले केही बेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । ट्रक चालकलाई  कारबाही, उचित क्षतिपुर्ति लगायतको माग राखेर गरिएको चक्काजाम सहमतीपछि खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.