ओपो एफ नाइनको मूल्य घट्यो, यस्तो छ नयाँ मुल्यदर

ओपो एफ नाइनको मूल्य घट्यो, यस्तो छ नयाँ मुल्यदर

काठमाडौं : विश्वमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफनाइनको मूल्य समायोजन गरेको छ।पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ। नयाँ मूल्य सन् २०१९को मार्च १ देखि लागू भइसकेको छ।

ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप्त माया र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ। 'ओपोमा उपभोक्ता सधैं प्रथम प्राथमिकतामा पर्छन्। हामी तिनको आवश्यकता र चाहना बुझ्न हरदम प्रयासरत रहन्छौं। ओपो एफ नाइनले समय सापेक्षरुपमा उपभोक्ताको समग्र चाहनाको सम्बोधन गरेको छ। मूल्य समायोजनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, 'समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाई अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै थप उपभोक्तालाई एफनाइनको अनुभव लिन सहज बनाउने हाम्रो विश्वास छ।'

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ।यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५:९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ। वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ।यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दूई थोपा झैँ देखिन्छ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन्। यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ।

स्क्रिनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रंगमा पेण्ट गरेको छ। यसले फोनको अघिल्लो भागको इण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ। उद्योगकै अग्रगामी फ्लिप एलइडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.