मापसे छल्न ट्राफिक प्रहरीलाई साढे ४ हजार घुस दिँदा पक्राउ

मापसे छल्न ट्राफिक प्रहरीलाई साढे ४ हजार घुस दिँदा पक्राउ

काठमाडौँ : मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका एकजनाले प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् ।

बुधबार राति महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी र ट्राफिक प्रहरीसहितको संयुक्त टोलीलाई घुस दिन खोज्दा चन्द्रागिरि नगरपालिका-० स्यूचाटार घर भएका ४० वर्षीय भीमबहादुर बानियाँ पक्राउ परेका हुन् ।

बुधबार राति साढे ९ बजे काठमाडौँ-१५ सानो भर्‍याङमा चेकजाँच गर्ने क्रममा गोरखा घर भएका बानियाँ मार्दक पदार्थ सेवन गरी  बा.७८ प ९९४४ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा भेटिएका थिए ।

मापसे गरेको अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनलले ४ हजार ५ सय रूपैयाँ घुस दिन खोजेका थिए । त्यसपछि प्रहरीले नगद र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई  अनुसन्धान भइरहेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.