मोटरसाइकल जुध्दा सडकमा लडे, बसको ठक्करले ज्यान गयो

मोटरसाइकल जुध्दा सडकमा लडे, बसको ठक्करले ज्यान गयो

भक्तपुर : मध्यपुर थिमी नगरपालिका २ सानोठिमीमा बिहीबार दुई मोटरसाइकलको ठोक्किएर लडेको एउटा मोटरसाइकललाई बसले पुनः ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सुरुमा काठमाडौंको पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा ७४ प ५५३ नम्बरको मोटरसाइकलले सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट प्रदेश ३–०२–००२ प ६३ नम्बरको मोटसाइकल सडकमा लडेको थियो ।

लडेको मोटरसाइकललाई पछाडि आइरहेको बा २ ख ४८६८ नम्बरको बसलेसमेत ठक्कर दिएको थियो । मोटरसाइकल र बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको देउपुर ३ घर भई हाल मध्यपुर थिमी नपा ९ बोडे बस्ने २४ वर्षीय सन्तोष राई घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ ।

घाइते भएका राईलाई तत्काल उपचारको लागि मध्यपुर थिमीकै गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको भक्तपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

उनले घटनामा संलग्न बा ७४ प ५३३ नम्बरको मोटरसाइकल चालक काठमाडौंको पेप्सिकोला बस्ने २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बस चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका ३ घर भई हाल पुरानो ठिमी बस्ने २४ वर्षीय ताराबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखिएको बताए ।उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.