कालिञ्‍चोकको भेटीसम्म छोडेनन् ठेकेदारले

कालिञ्‍चोकको भेटीसम्म छोडेनन् ठेकेदारले

दोलखा  : प्रसिद्ध तीर्थस्थल कालिञ्चोकको भेटी संकलनको जिम्मा पाएका ठेकेदारले डेढ वर्षदेखि नबुझाएको पाइएको छ । मन्दिरलाई व्यवस्थापन गर्न २०७३ सालदेखि सुरु गरिएको कालिञ्चोक मन्दिरको भेटी संकलनको ठेक्का लिएका ठेकेदारले १८ महिनादेखि मालपोत कार्यालयमा नबुझाएको पाइएको हो । 

भक्तजनहरुले आस्था र स्वेच्छिक दान गरेको भेटी संकलन गर्ने ठेक्का लिएका कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका ठेकेदार डम्बरबहादुर तामाङले १८ महिनादेखि भेटीको रकम नबुझाएको मालपोत कार्यालय दोलखाले जनाएको छ । ठेकेदार तामाङ कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकबाट निर्वाचित वडासदस्य पनि हुन् ।

ठेकेदार तामाङले २०७३ भदौ ३० गते मालपोत कार्यालयमा वार्षिक ४ लाख एकहजार एकसय १५ भेटी बुझाउने गरी सम्झौता गरेको थिए । 

गत आर्थिक बर्षदेखिको भेटी नबुझाएको दोलखाको प्रमुख मालपोत अधिृकत गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । २०७५ भदौ २८ गतेदेखि नयाँ ठेकेदारसँग भेटी संकलनका लागि सम्झौता भईसकेको भए पनि ठेकेदार तामाङले भेटी बुझाएका छैनन् ।

रकम दाखिला गर्न र नयाँ ठेकेदारलाई तालाचाबी बुझाउन पटकपटक ताकेता गर्दा समेत अटेर गरी तामाङले नै भेटी संकलन गरेको कार्यालय प्रमुख अधिकारी बताउँछन् । 

ठेकेदार तामाङले गत आर्थिक वर्षको ४ लाख एकहजार एकसय १५ र चालु आवको ६ महिनाको दामासाहीले हुने २ लाख एकहजार गरी ६ लाख दुईहजार भेटी बुझाउन बाँकी रहेको कार्यालयले तथ्याङ्क राखेको छ ।

भेटी नबुझाएकोबारे सोध्दा ठेकेदार तामाङले आफैँले नपाएको बताए । ‘मैलै नै पाएको छैन, कसरी बुझाउनु’, उनले भने, ‘२०७३ सालको बुझाएको छु ७४ सालको बाँकी छ’ उनले भने । 

दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले भेटी असुलिने बताए । ‘असुल हुन्छ’, उनले भने, ‘सम्झौताबमोजिमको भेटी नबुझाए सरकारी बाँकी सरह घरघरानाबाट भए पनि असुल्छौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.