'सहिद'लाई श्रद्धाञ्जली दिँदा नेताहरुको जुहारी र ‘राजनीति’

'सहिद'लाई श्रद्धाञ्जली दिँदा नेताहरुको जुहारी र ‘राजनीति’

राजविराज : सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपाल र सत्तारुढ संघीय समाजवादी फोरमका नेताहरुबीच बिहीबार सप्तरीको एक कार्यक्रममा जुहारी चलेको छ ।

मलेठ घटनाको दोस्रो वार्षिकीको अवसरमा बिहीबार मलेठमा संयुक्त आयोजित श्रद्धाञ्जली सभामा राजपाका नेताहरुले फोरम सरकारबाट फिर्ता भई आन्दोलनमा आउन दबाब दिए भने फोरमका नेताहरुले सरकारमै रहेर आफ्नो शासन–प्रशासन बनाउन सहज हुने भन्दै हतार गरिहाल्ने बेला नभएको बताए ।

मलेठ घटनामा सहिद भएकाहरुको दोस्रो पुण्यतिथीका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा राजपाका संयोजक महेन्द्र राय यादवले मधेसी जनचाहना अनुरुप ६ वटा पार्टी मिलेर राजपा बनेपनि मलेठवासीको चाहनाविपरित फोरम सामेल नभएको बताए । 

राष्ट्रिय राजनीतिको दिशा परिवर्तन भएको भन्दै यादवले सहिदको सपना साकार पार्न फोरमले फैसला गर्ने बेला आएको र मलेठवासीले आन्दोलनको वातावरण तयार गर्नुपर्ने बताए । 

त्यसअघि बोलेका राजपाका अर्का नेता राजेन्द्र महतोले तत्कालिन सातवटा पार्टीको आह्वानमा सहिद हुनेहरुप्रति को–कति इमान्दार छन् कठोर समिक्षा गर्नुपर्ने बताए । 

राज्यले न्याय नदिएपछि जनताको अदालतमा जानुको विकल्प नरहेको बताउँदै महतोले आन्दोलनलाई कमजोर बनाउन सत्तामा गएको फोरमप्रति व्यग्य गर्दै भने, ‘जोसँग लडनु छ, फोरम उसैसँग गएर मिलेको छ ।’ अलग भएर आधा आन्दोलन होइन, पुरा आन्दोलन गर्नुपर्ने भएकोले फोरमलाई सुध्रिन उनले आग्रहसमेत गरे ।  

राजपाका अर्का नेता शरदसिंह भण्डारीले पनि सहिद हुनेहरुको लक्ष्य मुख्यमन्त्री बनाउनु नरहेको भन्दै पडावलाई लक्ष्य नठान्न आग्रह गरे । राज्यसत्तामा हुनेहरुको मानसिकता परिवर्तन नभएकाले मुक्ति र पहिचानका लागि राष्ट्रिय आन्दोलनको आवश्यक्ता भण्डारीले औल्याए ।

त्यसअघि नै बोलेका फोरमका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मलेठ घटनालाई कमजोर बनाउन मानवअधिकार आयोगले गलत प्रतिवेदन सार्वजनिक गरेपनि वास्तविक घटना सार्वजनिक गरी दोषीमाथि कारवाही गरेर छाडने प्रतिबद्धता दोहोर्‍याए । 

उनले सहिदको चाहनाअनुरुप केही कमजोरीका बाबजुद बनेको संविधान र प्राप्त संघीयताकै कारण मधेसमा सरकार बनेको र स्थानीय तहदेखि वडासम्म करौडोको बजेट विनियोजन भइरहेको बताएका थिए । उनले सहिदको सम्मान, विभेदको अन्त र मधेसको शासन–प्रशासन लागु गर्ने काम अगाडि बढेको बताए ।

राउतपछि बोलेका राजपाका अर्का नेता राजकिशोर यादवले प्रदेश २ सरकारका मुख्यमन्त्रीले जनताको पक्षमा गरेको कामको विवरण सुनाएर जनतालाई भ्रम छरेको र नेपाल सरकारलाई बलियो बनाउन बोलीमा लोली मिलाएको आरोप लगाए । 

मुख्यमन्त्री राउत भन्दा अघि बोल्न समय मागेर बोलेका राजपाका अर्का नेता अनिल झाले कामचलाउ बजेट र पूर्ण बजेट प्रस्तुत गरेको प्रदेश २ सरकारले मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंहलाई बिर्सेको गुनासो गरे । सिंहलाई बिर्सने संघीयतावादी हुन नसक्ने ठोकुवा गर्दै झाले राजविराजस्थित अस्पतालबाट प्रदेश २ सरकारले सिंहको नाम हटाउन खोजेकोले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

फोरमका उपाध्यक्ष रेणु यादवले राजपाका शीर्ष नेताहरुप्रति लक्षित गर्दै सप्तरीमा आएर लामो भाषण दिनेले आफूले गरिरहेको कामबारे आत्मसमिक्षा गर्न सुझाइन् । गजेन्द्रनारायण सिंहको नाम राजविराजस्थित अस्पतालबाट प्रदेश सरकारले हटाउन खोजेको कुरामा कुनै सत्यता नरहेको भन्दै यादवले सिंहको अनुयायीहरुले आ–आफ्नो जिल्लामा कहाँ–कहाँ शालिक बनाएका छन् भनेर प्रश्न गरिन् । 

आक्रोशित हुँदै उनले थपिन, ‘राजपा शीर्ष नेताहरु मात्र नभई श्रीमती र परिवारका सदस्यहरु पनि मन्त्री, सांसद बनेका छन्, सरकारले नबनाए पनि उनीहरुले आफ्नै कोषबाट पनि सिंहको शालिक बनाएर देखाउन ।’ 

फोरमका जिल्ला अध्यक्ष दिनेश यादवको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने पाँचथरका कर्मचारीहरुले प्रदान गरेको जनही पाँच हजार सहयोग हस्तान्तरण गरिएको थियो ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीको आह्वानमा नेकपा (एमाले) को मेची महाकाली अभियान विथोल्न उत्रिएका प्रदर्शनकारीसँग दुई वर्षअघि भएको झडपमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर सन्जन मेहता, पिताम्बर मण्डल, आनन्दकुमार साह, बिरेन्द्र मेहता, इनरदेव यादवको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.