हिमआँधीले होटल भत्किए

हिमआँधीले होटल भत्किए

पोखरा : लगातारको हिमपात र हिमआँधीले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण बेसक्याम्पमा रहेका ४ होटल भत्केका छन्। मौसम प्रतिकूल भएपछि स्थानीय होटल व्यवसायीले होटलमा ताला लगाएर बेंसी झरेको र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मौसम बिग्रिएसँगै त्यतातर्फ पर्यटक जान रोक लगाएकाले मानवीय क्षति नभएको एक्याप घान्दु्रकका प्रमुख विदुरविक्रम कुँइकेलले बताए। अन्नपूर्ण बेसक्याम्प समुद्र सतहदेखि ४१ सय ३० मिटर उचाइमा छ।

फागुन १५ गतेको हिमआँधीले होटलका छाना उडाएको र भत्काएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। बेसक्याम्पमा पहिलो पटक यति धेरै हिमपात भएको र हिमआँधी आएकाले होटल नै भत्किएको स्थानीय होटल अन्नपूर्ण सेन्चुरीका सञ्चालक जेबी गुरुङले बताए। ‘०३८ सालमा बाबाले गोठ बनाएर बेसक्याम्पमा पर्यटकलाई सेवा दिँदै आउनु भएको थियो’, उनले भने। त्यसपछि २२ वर्षदेखि यहाँ होटल चलाउँदै आए पनि पहिलो पटक यति धेरै हिउँ पर्नुका साथै आँधीसमेत आउँदा होटल भत्केको उनले बताए।

हिमआँधीले भत्केका होटल पुनर्निर्माण गर्न केही समय लाग्ने भएकाले यो सिजनमा होटल चलाउन समस्या पर्ने उनले सुनाए। बजारबाटै पुनर्निर्माणका आवश्यक सामग्री बोकेर जानुपर्ने हुँदा होटल मर्मत गर्न समय लाग्ने उनले बताए। अन्नपूर्ण आधारशिविरमा ४ होटलमा गरी दैनिक १ सय ६० जनासम्म पर्यटक अट्ने क्षमताका थिए। हिउँ धेरै पर्न थालेपछि फागुन ११ गते अन्नपूर्ण बेसक्याम्पका सबै होटल सञ्चालक र स्टाफ होटल बन्द गरेर हेलिकप्टरमा फर्केकाले मानवीय क्षति नभएको गुरुङले बताए।

होटल बन्द गरेर फर्केको ४ दिनपछि हिमआँधी नै आएर घर भत्केको हुन सक्ने आशंका उनले व्यक्त गरे। बेसक्याम्पभन्दा केही तल माछापुच्छे«को फेदीमा रहेको बेसक्याम्पका होटलमा भने हिमपात र हिमआँधीले कुनै क्षति नपुगेको उनले बताए। माछापुच्छे« बेसक्याम्पमा ५ होटल छन्।

उच्च हिमाली क्षेत्रमा हिमपात बढेसँगै एक्यापले फ्रेब्रुअरी ८ मा अन्नपूर्ण आधार शिविरतर्फ जान पर्यटकलाई रोक लगाएको थियो। छोमरुङ हिमालसम्म पर्यटक गए पनि त्यहाँभन्दा अघि हिमपहिरो खस्न सक्ने भएकाले पर्यटकलाई जान रोक लगाइएको एक्यापका घान्द्रुक प्रमुख कुइँकेलले बताए।

थोरङपास र तिलिचो तालतर्फको पदयात्रामा पनि अनुकूल मौसम नहुन्जेल पर्यटक जानलाई रोक लगाइएको एक्याप पोखराका सूचना अधिकृत ऋषि बरालले बताए। पर्यटक मनाङसम्म गए पनि थोरङपास र तिलिचो जान अझै अनुकूल मौसम नभएको उनले सुनाए। मौसममा सुधार भएपछि पर्यटकलाई अनुमति लिएअनुसार जान खुला गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.