१४ वर्षीया किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार

१४ वर्षीया किशोरीलाई जंगलमा लगेर सामूहिक बलात्कार

रौतहट : रौतहटमा एक किशोरीलाई जंगलमा लगी तीन युवकले सामूहिक बलात्कार गरेका छन् । गुजरा नगरपालिका–२ स्थित जंगलमा बिहीबार दिउसो तीन जनाले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घटनास्थलबाट प्रहरीले ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा, चप्पल बरामद गरेको छ । गरुडा बजारबाट किशोरीलाई फकाएर मोटरसाइकलमार्फत जंगलमा लगि जबरजस्ती करणी गर्दै गरेको अवस्थामा इलाका वन कार्यालय सिम्रीको गस्तीटोली देखेपछि युवकहरु भागेका थिए ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । फराररहेका आरोपीहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.