सिर्जनाको सान

सिर्जनाको सान

काठमाडौं : कुनै दौडमा भाग लिएर विजेता बन्ने उद्देश्य सिर्जना राईमा कहिल्यै थिएन। जीविका चलाउन दैनिक घरेलु कामकाजमै व्यस्त हुन्थिन्। घरव्यवहारमै व्यस्त हुने उनी ख्यालख्यालमै अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन धाविका बनिन्। ५५ किलोमिटरको दौडमा उनी प्रथम त बनिन् तर विजेता बनेर ट्रफी उचाली सक्दासमेत उनलाई आफूले जितेको विश्वास गर्न मुस्किल भएको थिएन।

संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरे हरेलोकी २२ वर्षीया सिर्जना विद्यालयमा हुने दौड प्रतियोगितामा भाग लिन थालेपछि उनी कहिल्यै दोस्रो भइनन् न त उनले यससम्बन्धी कुनै अभ्यास नै गरिन्। जनज्योति मावि धुपुमा कक्षा– ९ मा अध्ययन गर्दादेखि दौडमा उनको प्रस्तुति उत्कृष्ट भएपछि उनलाई विद्यालयबाट राष्ट्रपति रनिङ सिल्डको दौड प्रतियोगितामा भाग लिने अवसर प्राप्त भयो।

क्षेत्रीय प्रतियोगितामा प्रथम भएसँगै उनी ५० किलोमिटरको अन्नपूर्ण ट्रेल, ५५ किलोमिटरको पोखरा ट्रेल, २० किलोमिटरको उर्लाबारी म्याराथन र २१ किलोमिटरको धरान म्याराथन उपाधि जित्न सफल भइन्।

५५ किमिको पोखरा ट्रेलमा प्रथम भएसँगै उनलाई पुस २८ गते हङकङमा आयोजना भएको ‘क्युनेट गोर्खा ट्रेलब्लेजर’ मा भाग लिने अवसर मिल्यो। १८ देखि २४ वर्ष उमेरसमूहको २६ किलोमिटर दूरीमा उक्त दौड प्रतियोगिता सिर्जनाले चार घण्टा सात मिनेट २१ सेकेन्डमा पार गर्दै उपाधि जितिन्। दौडमा नेपाली झन्डा बोकेर दौडिँदै ३१ देशका चार सय प्रतिस्पर्धीलाई पछि पारेर उपाधि नेपाललाई दिलाएपछि उनी विश्वप्रख्यात धाविका बन्न सफल बनिन्।

तीन छोरी दुई छोरामध्ये माहिली छोरी सिर्जना सानैदेखि चलाख भएको उनका बुवा डम्बर राईले बताए। अरूभन्दा अलि फरक र फुर्तिलो थिइन्। गाउन र नाच्न पनि उत्कृष्ट नै थिइन् तर पछिल्लो समय दौडमा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि आफू पनि अचम्मित भएको बुवा डम्बरको भनाइ छ। ‘छोरीको दौड राम्रो छ, भन्ने सुनेँ, खुसी लाग्यो’ बुवा डम्बरले खुसी हुँदै भने। बिहान बेलुकी छाक टार्न समस्या छ, पौष्टिक खानाबिना नै दौडिन सक्नु उनको जन्मजात विशेषता भएको उनको भनाइ छ।

संखुवासभाको हरेलोमा सामान्य परिवारमा जन्मिएकी सिर्जनाले कुनै पनि प्रशिक्षण र अभ्यास लिएकी थिइनन्। अभ्यास र पोषणबिना ५५ किमिसम्मको दर्जनभन्दा बढी दौड प्रतियोगितामा प्रथम हुनुले सिर्जना संखुवासभाको मात्र नभएर नेपालकै सानको रूपमा लिइएको छ।

सिर्जनाले हङकङमा गरेको उत्कृष्ट प्रदर्शनको अल्ट्रा धाविका मीरा राईले प्रशंसा गरिन्। भविष्य उज्ज्वल भएको भन्दै सिर्जनालाई उनले अभ्यास गर्न अनुरोध गरिन्। तर सिर्जनाले अझै पनि दौडलाई प्रभावकारी बनाउने अभ्यास पाएकी छैनन्। सिर्जना हाल वरुण बहुमुखी क्याम्पस खाँदबारीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन्। ‘अध्ययनलाई थप प्राथमिकता दिएकी छु। अब विस्तारै शारीरिक व्यायाम र अभ्यासमा लाग्ने सोचमा छु’, उनले भनिन्। उनको हालको दैनिकी फुर्सदमा अध्ययन गर्ने र अन्य समय घरमा काम गरेर बित्छ।

प्रतियोगितामा भाग लिन जान उनीसँग न त खर्च थियो न त यससम्बन्धी जानकारी नै। तर विद्यालय र खेलकुद विकास समितिले उनको क्षमता देखेपछि सहयोग गरेको खेलकुद विकास समिति संखुवासभाका कार्यालय प्रमुख टीकाकुमार गौलीले बताए। उनको प्रस्तुतिमा दोस्रो हुने अवस्था नदेखेपछि उनले मीरा राईको स्थान ओघट्ने क्षमता भएको गौलीले दाबी गरे।

सिर्जनामा लामो दूरीको दौडमा बढी क्षमता भएको र उनको क्षमतालाई सम्बन्धित सबैले कदर गर्नु पर्ने गौलीको भनाइ छ। विपन्नताका कारण अध्ययन नै छाड्ने पक्षमा पुगेपछि उनलाई हङकङका उपेन्द्र कोरङ्गीले एक लाख रुपैयाँ अध्ययनका लागि सहयोग गरेका छन्। सिर्जनाको भविष्यका लागि स्नातक अध्ययन गर्न लाग्ने रकममध्ये एक लाख रुपैयाँ गुरुङले सहयोग गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.