दोलखामा लोपोन्मुख लोठसल्लाको नर्सरी

दोलखामा लोपोन्मुख लोठसल्लाको नर्सरी

दोलखा : औषधीयुक्त गुणले भरिपूर्ण लोपोन्मुख लोठसल्लाको व्यावसायिक उत्पादन गर्न नर्सरी सुरु गरिएको छ। नेपालको उच्च पहाडी क्षेत्रमा पाइने लोठसल्ला कटान लापरबाही ढंगले गरेकाले दोलखाबाट लोप हुने खतरामा पुगेको छ। जिल्लाका निजी वनमा लोठसल्लाका संकलनयोग्य करिब २० हजार रुख रहेको डिभिजन वन कार्यालय दोलखाको तथ्यांक छ। सामुदायिक वनमा फाट्टफुट्ट मात्रै रहेको कार्यालयको भनाइ छ।

दोलखाको उत्तरी दुर्गम गौरीशंकर गाउँपालिका–५, सुरीस्थित गौरीशंकर हर्बल एन्ड नर्सरी उद्योग प्रालिले व्यावसायिक लोठसल्ला खेतीका लागि नर्सरी सुरु गरेका छन्। करिब ५० रोपनी जमिनमा व्यावसायिक लोठसल्ला खेती गर्न करिब दुई हजार बिरुवा नर्सरी गरेको उद्योगका प्रमुख शेरबहादुर श्रेष्ठले बताए। उनले नर्सरीका लागि करिब साढे दुई लाख खर्च गरेको बताए।

जिल्लाको काटाकुटी, फस्कु, जिरी, ठूलोपाताल, हावा, झयाँकू, सुरी, सुष्पाक्षमावतीलगायत क्षेत्रका निजी वनमा लोठसल्ला पाइने डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। बैत्यश्वर गाउँपालिकाको मिर्गे र भीमेश्वर नगरपालिकाको सुष्पाका केही किसान पनि लोठसल्लाको नर्सरी गरी बिरुवा उत्पादनमा लागेका छन्।

लोठसल्लाको हाँगा काटी कलिलो पात संकलन गरिन्छ। क्यान्सर रोगविरुद्ध लड्ने औषधीयुक्त गुणले भरिएको लोठसल्लाको पातलाई वास्पीकरण प्रविधिबाट ट्याक्सोल भन्ने सारतत्व निकालिने सम्बद्ध व्यवसायी बताउँछन्। डिभिजन वन कार्यालय दोलखाका रेन्जर शम्भु बराइलीले सम्पर्कमा आएका जिल्लाका नर्सरी व्यवसायीले उपलब्ध गराएको विवरणअनुसार आगामी वर्ष करिब २० हजार बिरुवा उत्पादन हुने बताए।

राष्ट्रिय वनबाट संकलन गरिएको लोठसल्लाको पातको राजस्व प्रतिकेजी २५ रुपैयाँ छ भने निजी वनबाट संकलन गरिएको पातको स्थानीय तहले राजस्व लिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.