विकासको योजना बुन्न राजपालाई प्रधानमन्त्रीको आग्रह

विकासको योजना बुन्न राजपालाई प्रधानमन्त्रीको आग्रह

रौतहट : प्रदेश-२मा विकासको योजना बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी(राजपा)लाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश–२ कमिटीले शनिबार रौतहटमा आयोजना गरेको आमसभामा बोल्दै प्रम ओलीले सरकारविरुद्ध फेहरिस्त बनाउनु भन्दा देशको विकास र प्रदेशको विकासका लागि योजना बनाउन राजपालाई आग्रह गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–२को विकासमा संघीय सरकार सक्रिय भएर लागेको दाबी छन्। उनले सदरमुकाम जोड्ने सडक, सिचाइ, रेलमार्ग, हुलाकी मार्ग, कृषि लगायतका विषयमा सरकारले ठोस कार्यक्रमहरु संचालन गर्दै आएको समेत दाबी गरेका हुन्।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि सहभागी भएका थिए। ‘बेटी बचाऔं, बेटी पढाऔ‌ं’ अभियानको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समग्र मधेसको विकास तथा समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन्। नेकपा अध्यक्ष ओलीले अब चाँडै तल्लो तहसम्म पार्टी एकता हुने भन्दै नेता कार्यकर्ताहरुलाई ढुक्क रहन आग्रह गरे। मधेसका जनताले लोकतन्त्र ल्याउन गरेको बलिदानीलाई नेकपाका अर्का अध्यक्ष प्रचण्डले स्मरण गरे।

जनतालाई अधिकार सम्पन्न बनाउन कानुनहरु निमार्ण भइरहेको तथा शिक्षा, स्वास्थ्य, रोजगार, र पुर्वाधार विकासको ग्यारेन्टीका लागि सरकार लागिपरेको समेत उनले दाबी गरे।
वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको विकासका लागि दिर्घकालिन योजनाहरु संचालन भइरहेको बताएका छन्। रौतहट जिल्ला कम्युनिष्ट आन्दोलनको इतिहास बोकेको जिल्ला रहेको स्मरण गर्दै नेता नेपालले किसान आन्दोलनको शुरुवात पनि रौतहटबाटै भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.