राष्ट्रियताको जगेर्नामा साहित्यको विशेष भूमिका

राष्ट्रियताको जगेर्नामा साहित्यको विशेष भूमिका

ललितपुर : राष्ट्रियता र साहित्य दिनानुदिन सुनिनुपर्ने विषय हुँदा हुँदै लोपोन्मुख स्थितिमा रहेको पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले बताएका छन् ।

राष्ट्रिय बौद्धिक केन्द्रव्दारा आयोजित राष्ट्रियताको जगेर्नामा साहित्यको भूमिका कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले अन्तरकुन्तरमा लेखिएको साहित्यभित्रको साहित्य सार्वकालिक र चेतनामूलक भएमा यसले राष्ट्रियताको जगेर्नामा सहयोग पुग्ने बताए ।

नेपालमा २०४६ को राष्ट्रिय जनआन्दोलन पछि राष्ट्रियताको जगेर्नामा सार्वकालिक काम हुन नसकेको चर्चा गर्दै पूर्व प्रधान न्यायाधीश श्रेष्ठले मधेस, हिमाल र पहाडको समन्वयबाट राष्ट्रियताको जगेर्नाका दिशामा कामहरु हुनुपर्ने आवश्यकता औंल्याए ।

बोलेका मात्र साहित्य होइन, नबोलेका पनि साहित्य हुने धारणा राख्दै पूर्व प्रधान न्यायाधीश श्रेष्ठले भने, साहित्यलाई हामीले शहरीकरण गरिरहेका छौँ, यसलाई ग्रामीणमुखी पनि बनाइनुपर्दछ । राष्ट्रभित्रको विद्यमान असमानता हटाई समानता ल्याउन सकेमा पनि राष्ट्र नै सर्वोपरि हो भन्ने मान्यता स्थापित हुन सक्छ ।

राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले राष्ट्र नै सर्वोपरि भएको हुँदा प्रत्येक साहित्यकारले सतकर्तापूर्वक कलम चलाउँदा राष्ट्रियताको जगेर्नामा उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद प्रा. भिक्षु आनन्दले देशले आफ्ना जात, जाति, धर्म, भाषा र साहित्यको संरक्षण गर्न सक्दैन भने राष्ट्रियताको जगर्ना गर्न कठिनाई हुने बताए ।

संघीय समाजवादी फोरमका केन्द्रीय एवम् पोलिटव्यूरो सदस्य रेखा यादवले वर्तमान अवस्थामा राष्ट्रियता छायाँमा परेकोले संघीयता उजागर हुन नसकेको धारणा राखिन् ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला अध्यक्ष एवं पूर्व सांसद मदन अमात्यले नेपालमा राष्ट्रियताको विषयमा गहन छलफल हुनुपर्ने बेला आएको बताउँदै नैतिक मूल्य र मान्यता हराउंदै गएको वर्तमान अवस्थामा अव विद्यालयकै पाठ्यक्रममा राष्ट्रियता विषय समावेश गराइनु पर्ने आवश्यकता औंल्याए।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले साहित्यकारले साहित्यको माध्यमबाट देशलाई दिशावोध र मार्गदर्शन गर्नसक्नु पर्ने आवश्यकता औल्याइन् ।

कार्यक्रममा बोल्दै प्रा. डा. विश्वनाथ भण्डारीले नेपालका चर्चित एवं सुविख्यात साहित्यकारहरुले राष्ट्रियताको जगेर्नामा असंख्य कलम चलाएको उल्लेख गर्दै देशमा प्रजातन्त्र पुनरस्थापनामा साहित्यकारहरुको भूमिकालाई मूल्यांकन गरिनुर्ने बताए ।

साहित्यकार तथा स्वतन्त्र लेखक प्रमोद प्रधानले नेपालको इतिहास विदेशीले लेखेको सही नभएकाले नेपालीले नै लेख्नुपर्ने, अव स्थानीय, प्रदेश, र केन्द्रको इतिहास छुट्टाछुट्टै रुपमा स्थानीय व्यक्तिहरुले नै लेख्नुपर्ने र साहित्यको समृद्धि एवं विकासका लागि नेपालको वार्षिक बजेटमा कहिल्यै पनि रकम विनियोजन नहुनु दुखदायी भएको बताए ।

यसअघि स्वागत भाषण गर्दै संस्थाका सदस्य देवेन्द्रनाथ तिवारीले जननी जन्मभूमिश्च स्वर्गादपि गरियशिलाई मूलमन्त्र ठानी सवै साहित्यकारहरुले राष्ट्र्रियताको जगेर्नामा कलम चलाउनु पर्ने बताए ।

सभापतिको आसनबाट राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवन लाल श्रीवास्तवले भने, 'हाम्रो साहित्य किसान, श्रमिक, मजदूर, नेपाली सेना, नेपाल प्रहरी आदिको लागि लेखिनु पर्दछ । आजको साहित्य प्रजातान्त्रिक साहित्यकारको बलमा नै जिवित राख्नुपर्छ, क्षणिक परिस्थिति भन्दा माथि उठेर साहित्यकारहरुले जवसम्म आजका समस्याहरु लेख्दैनन् राष्ट्र् उनीहरुसंग रहँदैन, प्रत्येक राजनैतिक दल र सरकारहरुलाई साहित्यकारहरुले दिशावोध गराई राख्नु पर्दछ कि राष्ट्र्भन्दा ठूलो कोही पनि हुन सक्तैन, त्यसप्रति सवै समर्पित हुनै पर्दछ ।'

धन्यवाद ज्ञापन गर्दै संस्थाका सदस्य तथा सञ्चारकर्मी अर्जुन बिष्टले राष्ट्रियता, प्रजातन्त्र, दीगो आर्थिक विकास र सुशासन नै संस्थाका मूल उद्धेश्य भएकाले हाल छांयामा परिरहेको देशको राष्ट्रियताको जगेर्नाका लागि अभियानकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिदैं आएको र भविष्यमा पनि राष्ट्रियताका वारे वहशहरु चलाउने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.