तीन बोरा गाजा बरामद
वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिका-५ सखुवनीयाबाट सशस्त्र प्रहरीले तीन बोरा गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले तीनवटा बोरामा रहेको अन्दाजी ६० केजी गाजा आइतबार राति बरामद गरेको हो।
जिराभवानी गाउँपालिका ५ शंकरसरैयामा रहेको सुगिभार जङ्गल क्षेत्र भएर भारततर्फ तस्करले टाउकोमा गाजा बोकेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो। गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै गाजाको बोरा फ्याकेर भागेकाले तस्कर भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !