निजगढमा नेत्रहीन क्रिकेट खेलाडी मनकेशरी सम्मानित

निजगढमा नेत्रहीन क्रिकेट खेलाडी मनकेशरी सम्मानित

निजगढ : नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीकी सदस्य मनकेशरी चौधरीलाई सोमबार बाराको निजगढमा सम्मान गरिएको छ। 

पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय नेत्रहीन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी चौधरीलाई नेत्रहीन संघ बारा र नेपाल अपांग सेवा संघ निजगढ ईकाईले पाँच हजार नगदसहित सम्मान गरेको हो। 

निजगढ नगरपालिका भित्रका अपांगता भएका व्यक्तिको सहजताका लागि सहयोग सामाग्री वितरण कार्यक्रममा चौधरीलाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र उपमेयर लिलादेवी लामिछानेले सम्मान गरेका थिए। पाकिस्तानमा सम्पन्न प्रतियोगितामा चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। उनकै उत्कृष्ट प्रदर्शनले नेपालले पाकिस्तानविरुद्ध चार खेलमा जीत हात पार्दै सिरिज जितेको थियो। 

चौधरीले सम्मानबाट आफूलाई अझ उर्जा थपिएको प्रतिक्रिया दिइन्। कार्यक्रममा चौधरीलाई सम्मान गरिनुका साथै निजगढ नगरपालिका भित्रका करिब एक सय अपांगता भएका व्यक्तिलाई सहयोग सामाग्री वितरण गरिएको थियो। राष्ट्रिय अपांग पुर्नस्थापना समाजले उलपब्ध गराएको करिब १२ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको हो। 

सहयोग सामाग्री हस्तान्तरण गर्दै मेयर खनालले अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाइरहेको बताए। नगरपालिका भित्र रहेका अपांगताको पहिचान गर्ने काम भइरहेको भन्दै मेयर खनालले अपांगता भएका व्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिबृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए। 

अपांग भएकै कारण कष्टकर जीवन बिताउनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको मेयर खनालको भनाइ थियो। मेयर खनालले नगरपालिका भित्रका सबै संघसंस्थालाई आफ्नो कार्यलय तथा भवन अपांगमैत्री बनाउन समेत आग्रह गरेका छन्। 

कार्यक्रममा उपमेयर लामिछानेले अपांगता भएका बालबालिकाको शिक्षाका लागि नगरपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन्। अपांगता भएकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उपमेयर खनालले बताइन्। 

कार्यक्रममा अपांग पुर्नस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले अपांगता भएका व्यक्तिले अन्य नागरिक सरह नै बाँच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि संस्थाले सामाग्री उपलब्ध गराएको बताए। नेपाल अपांग सेवा संघका प्रदेश २ र ३ का सल्लाहकार समिति सदस्य गंगा वाग्लेले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भीर हुन जरुरी रहेको बताए। 

कार्यक्रममा १९ जनालाई ह्विलचियर, आठ जनालाई ट्राइसाइकल, ४० जनालाई सेतो छडी, १२ जनालाई टकिङ वाच, चार जनालाई अल्बो चर्चेज, पाँच जनालाई बैशाखी, चार जनालाई वाकरलगायतको सामाग्री वितरण गरिएको अपांग संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले जानकारी दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.