सिकेसँग सम्झौता गर्दा सल्लाह गरेनन् : सभापति देउवा

सिकेसँग सम्झौता गर्दा सल्लाह गरेनन् : सभापति देउवा

पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँगको सम्झौतापछि पनि पृथकतावादी गतिविधिलाई यथावत राख्ने सीके राउतको गतिविधि राष्ट्रघाती भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलबार पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले नेपालको कुनै पनि टुक्र्याउने मनसायले हुने गतिविधि सह्य नहुने बताए । 

सरकारसँग सम्झौता भएपछि पनि सीकेले राष्ट्रघाती गतिविधि जारी राखेको घटनाबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । राउतले जनमतसंग्रह गरेर देश टुक्राउने अभिव्यक्ति दिइरहेकोमा कांग्रेस यसको खिलापमा देउबाले बताए ।  सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको उनले स्पष्ट पारे । 

‘पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने कार्य स्वागत योग्य छ तर सहमति पछिपनि देश टुक्राउने गतिविधिप्रति हाम्रा आपत्ती छ’ देउवाले भने ।  

उनले सरकारले एक वर्षमा एउटा पनि राम्रा काम नगरेको भन्दै कडा आलोचना गरे ।

स्थानीय तहको अधिकार खोस्ने र संघीयतालाई नै कम्जोर बनाउने गतिविधि सरकारले गरेको देउबाले आरोप लगाए । सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै उनले भने–‘ फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोज्नु प्रजातन्त्रमाथिकै प्रहार हो’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.