महिला साफ फुटबल : पहिलो हाफमा नेपाल दुई, भुटान शून्य
विराटनगर : विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।
विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालका लागि १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भइन् ।
त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भयो । हरि खड्काको प्रशिक्षणमा भुटानविरुद्ध उत्रिएको नेपालले केही राम्रा अवसर भने आवश्यक तालमेलको अभावमा खेर फालेको थियो ।
सावित्रा भण्डारी र अनिता बस्नेतले वान भर्सेस वान को अवस्थामा पनि गतिला अवसरलाई जाली चुमाउन सकेनन् । कमजोर मानिएको भुटानले डिफेन्स लाइनमा सुधारिएको प्रदर्शन गर्दै नेपाललाई थप गोल हुनबाट रोक्यो ।