'सरकारकै सुरक्षामा देश टुक्राउने नारा'

'सरकारकै सुरक्षामा देश टुक्राउने नारा'

दमौली : राप्रपाका अध्यक्ष कमल थापाले सरकारकै सुरक्षामा देश टुक्राउने नारा लागेको भन्दै सरकारको कडा आलोचना गरेका छन्। पार्टीले थालेको राष्ट्रिय स्वाभिमान यात्राका क्रममा तनहुँको दमौली आइपुगेका थापाले देश टुक्राउने नारा दिएर गतिविधि गरिरहेका सिके राउतसँग अंकमाल गरेर सरकारले सम्झौता गरेको २४ घण्टा नबित्दै देश सरकारकै सुरक्षा घेराभित्र विखण्डनको नारा लाग्नुको कारण सरकारले दिनुपर्ने उनले माग गरे। थापाले सरकारले देश टुक्राउने शक्तिसँग सम्झौता गरेर त्यसलाई वैधता दिन खोजेको पनि दाबी गरे।

देश टुक्राउनेसँग अंकमाल गरेको सरकारले राजनीतिक आन्दोलन गरिरहेको शक्तिलाई प्रतिबन्ध गरेर मुलुकको इतिहासमा भैसकेको गल्ती दोहोर्‍याउन खोजिएको उनको दावी छ।'विगतमा कांग्रेस र कम्युनिस्टले गर्दा देशमा १० वर्ष लामो युद्ध चल्यो, उनले भने,'अहिले पनि दमन गर्न खोज्दा फेरि गल्ती दोहोरिएको छ।'

उनले विप्लव समूहका ध्वंशात्मक गतिविधि गलत भएपनि उसमाथि लागेको प्रतिवन्धको गल्ती सच्याउन सरकारसँग आग्रह गरे। 'विप्लवजीले पनि विध्वंश त्याग्नुपर्छ। सरकारले पनि गल्ती सच्याउनुपर्छ,' थापाले भने। 

सनातन हिन्दु राष्ट्र नभए आन्दोलन

गृह जिल्ला आएका थापाले जिल्लावासीसँग आन्दोलनमा ऐक्यबद्धता पनि खोजे। 'म जन्मिएर हुर्किएको जिल्ला तनहुँ राजनीतिक हिसाबले सचेत छ,उनले भने,'राष्ट्रियता र सनातन धर्म जोगाउने मेरो अभियानमा तपाईको साथ खोजेको छु।'

थापाले विगतमा कांग्रेस कम्युनिस्टले राजतन्त्र र हिन्दु राष्ट्रलाई गलत तरिकाले हटाएको भन्दै अब पुनस्र्थापना गरिने बताए । 'हामीले सरकारलाई माग पूरा गर्न फागुनसम्मको समय दिएका छौं,उनले भने, 'त्यतिन्जेल माग पूरा नभए चैत्रबाट आन्दोलनमा उत्रन्छौं।'

थापाले सनातन हिन्दु राष्ट्र निर्माण भएमा हिन्दु, बौद्ध, किराँतलगायतका धर्मको संरक्षण हुने र राष्ट्रियता पनि बलियो हुने तर्क गरे। कार्यक्रममा पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङले सरकारलाई हिन्दु राष्ट्रका पक्षमा दबाब दिन चैत्रबाट जनसंघर्षमा उत्रने बताए। 

पोखराबाट तनहुँ आइपुगेका थापाले आफ्नो जन्मथलो थर्पूमा केहीबेर कार्यकर्तासँग समय बिताएका थिए। दमौली बजारको परिक्रमापश्चात ट्राफिक चोकमा कोणसभा भएको थियो। सभामा पार्टीनिकट कार्यकर्ता तथा सर्वसाधारण उपस्थित थिए। मुलुक सनातन हिन्दु राष्ट्र हुनुपर्ने भन्दै पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरेको जिल्ला अध्यक्ष विनोद घर्तीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.