कर नतिरे पोखराका प्याराग्लाइडिङ कम्पनीको उडान रोकिने

कर नतिरे पोखराका प्याराग्लाइडिङ कम्पनीको उडान रोकिने

पोखरा : पोखरा महानगरपालिकाले आइतबारसम्म कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडान रोक्ने भएको छ। शाहाशिक प्याराग्लाइडिङ खेलको रुपमा प्रख्यात प्याराग्लाइडिङको व्यवसायिक उडान भर्दै आएका कम्पनीहरूले महानगरपालिकाले लगाएको करको दर रेट महंगो भएको भन्दै कर तिर्न अटेर गर्दै आएका थिए।

महानगरपालिकाको कडाइका कारण कम्पनीहरूले कर तिर्न थाले पनि बिहीवार सम्म ५६ कम्पनीहरू मध्ये बिहीवार अन्तिम समय सम्म ३० कम्पनीहरूले मात्र कर तिरेर नविकरण गरेको पोखरा महानगरपालिकाका राजश्व विभाग प्रमुख रोमनाथ उपाध्यायले जानकारी दिए। शाहाशिक खेलकालागि प्रख्यात प्याराग्लाइडिङ कम्पनी पोखरा महानगरपालिकाले लगाउँदै आएको करको दायरामा आउन थाले पनि अझै केही कम्पनीहरूले आनाकानी गरेका हुन्।  

कर महंगो भयो भन्दै कर नतिरेका, नवीकरण नगरेका कम्पनीलाई महानगरपालिकाले फागुन २१ गते एक हप्ताभित्र कर नतिरे र दर्ता नवीकरण गर्न नआए प्याराग्लाइडिङ उडान नै बन्द गरिने चेतावनी दिएको थियो। कम्पनीहरू कर तिर्न आउने थालेपछि महानगरपालिकाले कर तिर्ने म्याद थप्दै आएको थियो।

आइतवारदेखि भने कर नतिर्ने कम्पनीलाई प्याराग्लाइडिङ उडान गर्न रोक लगाउने पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगलाल सुवेदीले बताए। कर तिर्न आउने कम्पनीहरूलाई भने कर तिरेर उडान भर्न दिइने उनले सुनाए। प्याराग्लाइडिङ कम्पनीहरूले २०७२/०७३ देखि कर नतिरेका हुन्। कम्पनीहरूले ८६ हजारका दरले कर बुझाएर नविकरण गर्नु पर्नेछ।

प्याराग्लाइडिङ कम्पनीलाई करको भारी

प्याराग्लाइडिङ कम्पनीहरूलाई करको भारी बोकाउँदा कम्पनी चलाउननै नसकीने अवस्था रहेको पर्यटन व्यवसायीले बताएका छन्।

महानगरलाई पछिल्लो समयमा २५ हजारका दरले कर तिरदै आएका कम्पनीहरू गण्डकी प्रदेश सरकारले पर्यटन शुल्कको रुपमा वार्षिक १ लाख रुपौयाँ लिने निर्णय गरेकोले कम्पनी धान्ननै मुस्कील हुने अवस्थामा रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराइले बताए।

यस बाहेक प्याराग्लाइडिङ कम्पनीले नेपाल नागरिक उड्यान प्राधिकरणलाई आरएओसी सटिफिकेटकालागि वर्षेनी ७५ हजार प्लस भ्याट तिदै आएका छन्। पर्यटन मन्त्रालयमा पनि उडान इजाजत शुल्कको रुपमा प्रत्येक ४/४ वर्षमा २५ हजार प्लस भ्याट तिर्दै आएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले बताए। प्रदेश र महागनरले चर्को कर लगाएकै कारण व्यवसाय संचालन गर्न नै कठिन भएकोले कर घटाउन माग गर्दै कर तिरन ढिलाई गरेको व्यवसायीले बताएका छन्। प्याराग्लाइडिङ कम्पनीलाई जस्तो चर्को करको भारी अरु कुनै उद्योग व्यवसायलाई नलगाइएको उनले सुनाए।

चारै तिर कर तिर्नु पर्ने भए पनि प्याराग्लाइडिङ कम्पनीलाई महानगरपालिका र सरकारले कुनै पनि सुबिधा नदिएको व्यवसायीको गुनासो छ। कम्पनीहरूलाई महानगरपालिका र सरकारले दिएको सुबिधा भनेको खुला आकाश बाहेक केही नरहेको उनले बताए।

प्याराग्लाइडिङको उडानकालागि सराङ्कोटमा र अवतरणकालागि फेवाताल किनारमा जग्गा भाडामा लिने देखि उद्धारको व्यवस्था समेत कम्पनी आफैले गर्दै आएको उनले सुनाए। एक्लै उडान भर्ने विदेशी तथा स्वदेशी पर्यटकको अनुगमन समेत सम्वन्धीत निकायले नगर्दा दुर्घट्नामा परेर यसै महिनामा दुइ जना पर्यटकको मृत्यु र दुई जना पर्यटक घाइते भएका थिए। बेला बेलामा हुने यस्ता घट्नाका कारण विश्वमै प्याराग्लाइडिङका क्षेत्रमा नाम कमाएको पोखराको पर्यटन उद्योगबारे नकरात्मक सन्देश गएको व्यवसायीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.