आगलागीमा उच्च जोखिम खरका छाना

आगलागीमा उच्च जोखिम खरका छाना

ओखलढुंगा : ओखलढुंगा र खोटाङमा ०७५ फागुनयता भएका आगलागीका घटनामा १७ घर, ४ मतान र धनमालसहित ७ चौपाया जलेका छन्। प्रहरीको मूल्यांकनमा दुई जिल्लामा एक करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीका ४ घटनामध्ये दुई वन क्षेत्रको आगलागी गाउँ पसेर घर जले भने दुई घटनामा गोठबाट सल्किएको आगोले क्षति पु¥यायो। एक महिनामा सिद्धिचरण नगरपालिका–२ मा ७ घर, ६ मा १ घर, सुनकोसी गाउँपालिका–२ मा १ घर तीन मतान र लिखुमा एक घर जलेका छन्।

जलेका सबै घर खरका छाना भएको सिद्धिचरण नगरपालिका–२ का अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए। खरका छाना आगलागीमा उच्च जोखिम भएकाले त्यस्ता छाना विस्थापित गर्नुपर्ने अवस्था आएको उनले बताए। एक महिनामा भएका जिल्लाभरका आगलागीमा १ करोड बराबर क्षति भएको प्रहरीको तथ्यांक छ। त्यसरी जलेका सबै घरका छाना खरका छन्।

खोटाङको ऐंसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकामा आगो लाग्यो। रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा चार घर ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा तीन घर जले। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार ५४ लाखको क्षति भयो। दुवै घटनामा वनबाट आएको आगोले बस्तीमा क्षति पु¥याएको केसीले बताए।

ओखलढुंगा र खोटाङमा भएका आगलागीका घटनामा जलेका सबै घर तथा मतानका छाना फुसका थिए। गाउँमा एकअर्कासँग जोडिएका र खरका छाना भएका कारण आगोको उच्च जोखिम हुने सरोकारवालाको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.