पाँचथर नेकपाले टुंगो लगायो स्थानीय तहको नेतृत्व

पाँचथर नेकपाले टुंगो लगायो स्थानीय तहको नेतृत्व

फिदिम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँचथरले स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ। कार्यादलले सार्वजनिक गरेको निर्णय अनुसार आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहको अध्यक्ष र तीन स्थानीय तहको सचिवमा पूर्वएमालेले नेतृत्व पाएको छ। त्यस्तै  तीन स्थानीय तहको अध्यक्ष र पाँच स्थानीय तहको सचिवमा पूर्वमाओवादीले नेतृत्व पाएको हो।   

फिदिम नगरपालिका फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका, हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेको नाममा सहमति जुटेको हो। 

त्यस्तै फालेलुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीबाट अध्यक्ष छानिएको हो। पूर्वएमालेको अध्यक्ष भएको स्थानीय तहमा पूर्व माओवादीबाट सचिव राखिएको हो। त्यस्तै पूर्वमाओवादी अध्यक्ष भएको स्थानीय तहमा पूर्वएमालेबाट सचिव राखिएको हो। 

फिदिम नगरपालिकाको अध्यक्षमा पूर्व एमालेका वीरेन्द्र तुम्बापो प्रतिक र सचिवमा पूर्वमाओवादीका देवी थापाको नाममा सहमति जुटेको कार्यदलका संयोजक डम्बरसिंह सम्बाहम्फेले जानकारी दिए। याङवरक गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका सुवास योङ्या र सचिवमा पूर्वमाओवादीका अर्जुन बेघा छन्। 
हिलिहाङ गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका भवानीप्रसाद लिङ्देन र सचिवमा पूर्वमाओवादीका रविन तिम्सिना चुनिएका हुन्। 

त्यस्तै फालेलुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका महेन्द्र जबेगु फुङ्निमा र सचिवमा पूर्वएमालेका सुदर्शनले नेतृत्व पाएका हुन्। फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका वीरबहादुर कुरुङवाङ र सचिवमा पूर्व माओवादीका ठाकुरसिंह नेम्बाङलाई छनोट गरिएको हो। 

कुम्मायक गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका मेघराज निरौला र सचिवमा प्रकाश काफ्ले चुनिएका छन्। तुम्बेवा गाउँपालिकाको अध्यक्षमा पूर्व माओवादीका खड्गसुन्दर सम्बाहम्फे र सचिवमा एमालेका प्रताप चुनिएका हुन्।  त्यस्तै मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादिका दिनेशकुमार लावती र सचिवमा पूर्वएमालेका छविलाल लावतीलाई नेतृत्व दिइएको हो। 

अब जिल्लाको नेतृत्व पनि चाँडै टुंगो लगाउने कार्यदलका संयोजक सम्बाहम्फेले बताए। ‘जिल्लाको नेतृत्वका लागि पनि सहमति भइसकेको छ,’ सम्बाहम्फेले भने, ‘घोषणा गर्न मात्रै बाँकी छ।’ पूर्वएमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई जिल्लाको नेतृत्व दिने सहमति भइसेको स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.