डिजाइनर्स रनवेमा बोल्ड प्रस्तुति

डिजाइनर्स रनवेमा बोल्ड प्रस्तुति

काठमाडौंस्थित हायात रिजेन्सी होटलमा नेपाली डिजाइनरका पृथक् कला प्रस्तुत गरियो । आईईसी कलेज अफ आर्ट एन्ड फेसनको आयोजनामा सम्पन्न रनवेमा नेपालका टप मोडलले आईईसी कलेजका फेसन डिजाइनिङ विधाका विद्यार्थीका क्रिएटिभ पहिरनमा र्‍याम्प वाक गरेका थिए । र्‍याम्पमा नेपालका चल्तीका मोडल, नायिका तथा पूर्वमिस नेपाल सोस्टपरका रूपमा प्रस्तुत थिए ।

विगत २२ वर्षदेखि शैक्षिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेको आईईसी गु्रप अन्तर्गतको आईईसी फेसन कलेजले गुणस्तरीय शिक्षा पस्किएबापत सन् २००३ मा अमेरिकाबाट ‘इन्टरनेसनल गोल्ड अवार्ड’ प्राप्त गरेको थियो । नेपालमा पहिलोपटक फेसन शिक्षा भिœयाएको आईईसीको रनवेमा यो आठौं संस्करण हो ।

आईईसी डिजाइनर्स रनवे–८ मा आईईसीद्वारा उत्पादित ५२ जना डिजाइनरका फरक कला सोकास्ट गरिएको थियो । जिन्स र ढाकालाई फ्युजन गरिएका फरक डिजाइनले यसपटक सबैको ध्यान केन्द्रित गरेको थियो ।

इस्टर्न–वेस्टर्न मिक्स्ड ह्वाइट गाउन पृथक् देखियो । सिर्जना बस्नेत, सरिना गुरुङ तथा कल्पना कुमालको मिक्स्ड मेटल थिममा तयार पारिएका परिधान चित्ताकर्षक देखिन्थे । वेयरएवल र क्रिएटिभ थिममा केन्द्रित रहेर तयार पारिएका डिजाइनमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, मिस ग्र्यान्ड नेपाल उरुषा जोशी, मिस्टर ग्र्यान्ड नेपाल तथा नायक दिक्पाल कार्कीले सोस्टपरका रूपमा र्‍याम्पवाक गरेका थिए ।

डिजाइनर पेम्बा शेर्पा, सागर बुढामगर, निशा राई र ममता सूर्य मगरद्वारा सिर्जना गरिएका नोभेल फेम थिमका पहिरनमा मोडल र्‍याम्पमा बिरालोको चालमा हिँड्दा दर्शकदीर्घाबाट तालीको गडगडाहट सुनिएको थियो । द पावर अफ एक्सप्रेसन तथा नोयर ब्युटी थिममा तयार पारिएका पहिरन कार्यक्रमको बोल्ड प्रस्तुतिमा दरिए ।

नेपालमा फेसन विक भित्र्रयाएको यस संस्थाले आफ्ना विद्यार्थीलाई बढी व्यावहारिक बनाउन तथा नेपालभित्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी र दक्ष जनशक्ति उत्पादनका लागि यस्ता सोहरू गर्दै आएको आईईसी गु्रपकी संस्थापक शैलजा अधिकारीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.