म्याग्दीका एसईई परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष

म्याग्दीका एसईई परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष

बेनी : म्याग्दीमा माध्यमिक तहको परीक्षा (एसईई) केन्द्रमा प्राथमिक उपचार कक्षको व्यवस्था गरेको छ। म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा प्राथमिक उपचार कक्ष र महिनावारी हुने छात्राको सहजताका लागि सेनेटरी प्याडको व्यवस्था मिलाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। 

एसईईको तयारीका लागि केन्द्राध्यक्ष नियुक्ति गरेर प्रश्नप्रत्र र उत्तरपुस्तिकासहित केन्द्रमा पठाइसकेको इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिए।उनले भने, 'आकस्मिक उपचारका लागि छुट्टै सम्र्पक व्यक्ति र आवश्यक औषधि तथा सेनेटरी प्याडको व्यवस्था मिलाएका छौं।'

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको पन्ध्र हजार रुपैयाँबाट सबै केन्द्रमा कुल छात्रा संख्याको पन्ध्र प्रतिशतका दरले सेनेटरी प्याड र अत्यावश्यक औषधिको व्यवस्था मिलाएको थापाले बताए। 

चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि ९ जना केन्द्राध्यक्ष, १५ सहायक केन्द्राध्यक्ष, ११२ निरीक्षक, २१ जना परीक्षा सहायक र २३ जना सहयोगी जनशक्ति परिचालन हुने विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मीले बताए। 

१० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १ सय११ जना छात्रा र १ हजार १ सय ३१ जना छात्र गरी कुल दुई हजार २४२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

आवेदन फारम भरेका मध्ये धवलागिरी गाउँपालिका-२ को लमसुङ माविका ५ जना र प्रकाश मावि बेनीको खुल्ला विद्यालयका ५ जनासहित ३१ जना ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षा दिनबाट बञ्चित भएका छन्। 

रघुगंगा गाउँपालिका ३ मौवाफाँटको ज्ञानोदय माविका दुईजना दृष्टिविहीन विद्यार्थी मुक्तिधाम मावि भगवतीबाट एसईईमा सहभागी हुँदैछन्। सदरमुकामको प्रकाश र बेनी सामुदायिक तथा न्यु वेष्ट पोइन्ट, शिवाङको हेम, दरवाङको जनप्रिय, बाबियाचौरको मंगला, सिंगाका धौलागिरि, भगवतीको मुक्तिधाम र घारको मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ।परीक्षालाई मर्यादित, अनुशासित र सभ्य बनाउन विभिन्न तहमा प्रभावकारी अनुगमनको व्यवस्था मिलाइएको थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.