एसईई परीक्षामा छात्रा बेहोस

एसईई परीक्षामा छात्रा बेहोस

दोलखा : दोलखाको सिंगटीस्थित कालिनाग माविमा एसईई परीक्षामा सहभागी एक छात्रा परीक्षा दिँदै गर्दा बेहोस भएकी छिन्। आजदेखि सुरु भएको अंग्रेजी विषयको परीक्षामा सहभागी विगु गाउँपालिका–८, चिलंखास्थित हिमालय माविकी छात्रा अनिशा भुजेल बेहोस् भएकी हुन्। ८ बजेदेखि सुरु भएको परीक्षामा एकघण्टा लेखिसकेपछि करिब ९ बजे उनी बेहोस भएकी सिंगटी प्रहरीले जनाएको छ।

बेहोस भएकी भुजेलको सिंगटीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक संजित तामाङले जानकारी दिए। प्रहरी निरीक्षक तामाङकाअनुसार भुजेल परीक्षाको क्रममा यसअघि पनि बेहोस हुने गरेकी थिईन्।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठकाअनुसार जिल्लामा यो वर्ष एसईई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्र तोकिएको छ। जिल्लाको मेलुङ गाउँपालिकास्थित त्रिभुवन मावि मेलुङ र गौरीशंकर गाउँपालिकास्थित हलेश्वर मावि सुरीमा नयाँ परीक्षा केन्द्र निर्धारण गरिएको हो।

दोलखाबाट ३२६२ जना नियमिततर्फ र ४१ ग्रेडबृद्धितर्फ गरी कूल ३३०३ जना परीक्षार्थी परीक्षामा सहभागी भएको ईकाई प्रमुख श्रेष्ठले जानकारी दिए। जिल्लामा ११ छात्रा र ४ छात्र गरी १५ जना विद्यार्थी एसईई परीक्षाका लागि अयोग्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.